केहि समय अघि चीनले दक्षिण पश्चिममा रहेको गुईझोउ प्रान्तस्थित ल्युडियान क्षेत्रस्थित होङ्गुसुई नदीमै पैदल हिँड्ने पाँच हजार मिटर लामो अस्थायी बाटो बनाउन सफल भएको छ ।
२२ हजार भन्दा धेरै फाइबरको बिम प्रयोग गरि बनाईएको फ्लोटिङ्ग पाथ नदीमै तैरिने गर्दछन । उच्च फाइबर बिमबाट बनाइएको ५ किलोमिटर लामो बाटोमा यात्रा गरेर पर्यटकले विशेष अनुभव गर्न पाउने भएका छन् ।
जसै पानीको स्तरमा परिवर्तन आउनसाथ फाइबर बिमले बाटोको अवस्थामा पनि परिवर्तन गर्ने गर्दछ । यो पर्यटन क्षेत्र झन्डै ५० किलोमिटरमा फैलिएको छ । सन् २०१७ को पहिलो दिन सर्वसाधरणका लागि खोलिएको यो क्षेत्र घुम्न कम्तिमा पनि १० घन्टा लाग्ने गर्दछ ।
Post a Comment