Latest Updates :

किन आउँदैछन् ओली अमेरिका?


SHARE THIS POST :

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिका आउने भएका छन्। प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनका लागि प्रमुख अतिथीका रुपमा ओली अमेरिका आउन लागेका हुन्। सन् २०१३ मा स्थापना भएको प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको संस्था हो।
आउँदो मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली अमेरिका आउन लागेका हुन्। ‘ओली अहिलेका समकालिन नेपाली नेताहरुमध्ये सबैभन्दा हटकेक हुनुहुन्छ, उहाँका आवाज सुन्न हामी प्रवासी नेपालीहरु लालयीत छौँ,’ मञ्चका अध्यक्ष सञ्जय थापाले भने।
उनले नेपालबाट धेरै नेता र पत्रकारहरूले अधिवेशनमा सहभागी हुने चाहना व्यक्त गरेपनि फर्कने ग्यारेन्टी भएकालाइमात्र सहभागी गराइने बताए ।
दोस्रो अधिवेशनका बारेमा जानकारी दिन आइतबार ड्यालसमा आयोजित पत्रकार सम्मेलनमा थापाले पूर्बमन्त्री युवराज कार्की लगायतका नेताहरु नेपालबाट आउने तय भैसकेको उल्लेख गर्नुभयो। अरु धेरै नेपाली नेताहरु आउने संभावना रहेको आयोजकहरुले बताएका छन्।
तीनदिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएका छन्।
प्रवासी नेपाली मञ्च नेपालको राजनीतिक दल नेकपा एमाले निकटहरुको संस्था हो। यो संस्थाका पदाधिकारीहरुले आफूहरुसँग कुनै राजनीतिक दलको ह्याङओभर नरहेको दावी अध्यक्ष थापाले गर्नुभयो।
‘हामी कुनै दलको भातृसंस्था होइनौँ, तर नेपालमा रहँदा त्यसमा आस्था राख्नेहरुको संगठन भने हौँ,’ एमालेको नामै नलिई थापाले भने। पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्च दोस्रो अधिवेशन तयारी समितिका प्रचार प्रसार संयोजक कमल ओझाले अमेरिकाका ५० राज्यहरुमध्य २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको उल्लेख गरे। मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका छन्। अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै एकसय एक सदस्यीय तयारी उपसमिति गठन भएको छ।
मञ्चको दोस्रो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ। मञ्च तीन वर्ष अघि स्थापना भएको हो। मञ्चको नेतृत्वको लागि अहिलेदेखिनै रस्साकस्सी सुरु भएको छ। ‘मैले आफूँचाही नदोहोर्यालउने निर्णय गरिसकेको छु,’ थापाले भने–‘साथीहरुलाई तयार रहन मैले भनिसकेको छु।’
एनआरएनको आगामी अधिवेशनको बारेमा समेत मञ्चले धारणा सार्वजनिक गरेको छ। एनआरएनलाई राजनैतिक प्रभाव पार्ने संस्था भन्दा पनि सबै विचारधारा भएका नेपालीहरुको साझा संस्थाको रुपमा लैजानुपर्ने थापाले उल्लेख गर्नुभयो। ‘नेपालीको ठूलो संख्या अहिलेपनि एनआरएनबाट बाहिर छन्, सबैलाई समेट्न सक्नुपर्छ,’ थापाले भने।
मञ्चले जथाभावी सदस्य बनाउने भन्दा पनि आफ्नो चाहना अनुसार १५ डलर तिरेर साधारण सदस्य वा एकसय ५० डलर तिरेर आजीवन सदस्य बन्न आफूसँग आवद्ध नेपालीहरुलाई अपिल गरेको छ।
मञ्चले नेपालका भुकम्प पीडितलाई राहत वितरण, छात्रवृत्ति दिनेदेखि लिएर अमेरिका आएकाहरुलाई अपार्टमेन्ट, रोजगारी, बिमा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।
पत्रकार सम्मेलनमा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रवासी मञ्चका नेताहरु ड्यालस आएका थिए। त्यस अवसरमा मञ्चका केन्द्रिय नेताहरु प्रितिसागर खत्री, टेकराज पौडेल, शंकर पन्त, टेक गुरुङ लगायतको उपस्थिती थियो। त्यस्तै गोपाल कँडेल, विजयराज भट्टराई, यमुना भट्टराई, देबी पाण्डे, भीम कार्की, गोकर्ण दाहाल, जनक राना, नन्द रेग्मी लगायतको पनि सहभागिता थियो।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३ ०८:०९:४१

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv