Latest Updates :

फिल्मको सेटमा नशामा रहन्थे वरुण धवन, रिसजति सबै आलियामाथि


SHARE THIS POST :

वरुण धवन र आलिया भट्टले बिहिबार फिल्म ‘बद्रिनाथकी दुल्हनिया’ को ट्रेलर लञ्च गरे । यी दुईले फिल्मको सुटिङसँग जोडिएका केही रोचक कुरा भारतीय मिडियासँग गरेका छन् ।

फिल्मको सेटमा थुप्रै पटक वरुणले नशाको मातमा सुटिङ गरेका छन् । उनले रमाइलो गर्नका लागि नगरी त्यहाँको स्थिती हेरेर गर्नुपरेको वरुणले बताएका छन् । फिल्ममा थुप्रै पटक तपाईंले वरुणलाई नशामा पाउनुहुनेछ । यसबारे वरुण भन्छन्, ‘हो सेटमा मैले थुप्रै पटक रक्सी पिएको छु । मैले थुप्रै पटक निर्देशक शशांक खेतान र आलिया भट्टमाथि रिस पोखेको छु ।’ वरुणको कुरा सुनेर आलिया झट्ट भन्छिन्, ‘वरुणले आफू ठिक भएको भन्थ्यो तर ऊ पूर्ण रुपमा नशामा डुबेको हुन्थ्यो ।‘वरुणले आफू ठिक भएको भन्थ्यो तर ऊ पूर्ण रुपमा नशामा डुबेको हुन्थ्यो ।’
वरुण भन्छन्, ‘आलिया राम्री बुहारी बन्नेछिन्’

सार्वजनिकको क्रममा जब आलिया भट्टलाई वास्तविक जीवनमा कस्तो प्रकारको बेहुली बन्न चाहनुहुन्छ भन्ने प्रश्नमा आलियाले केही भन्नुभन्दा पहिले वरुणले तुरुन्त जवाफ दिए, ‘मलाई लाग्छ आलिया भट्ट निकै राम्री बुहारी बन्न सक्छिन् ।’

वरुणको यस्तो जवाफमा उनका मेन्टर करण जोहरले आखिर किन उनलाई आलिया एक राम्री बेहुली नभई राम्री बुहारी बन्नेछन् भन्ने प्रश्न सोध्दा उनले त्यसको केही जवाफ दिएनन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv