Latest Updates :

जापानमा विद्यार्थीहरुको डरलाग्दो चीत्कार !


SHARE THIS POST :

कला पन्थ- देशको मेरुदण्ड भनेको युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो । यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! विकसित देशमा थोरै लगानी गरेर जानू र आफुले थाम्न नसक्ने ऋणको भारी बोकेर अरुको लहैलहैमा बगेर बिदेश पस्नुमा धेरै अन्तर छ ।

आफू कुन देश जाने हो, त्यहाँका नियमहरु बुझेर अनि भाषा तथा सीप सिकेर जानू केही हद राम्रो मानिन्छ । तर कन्सलटेन्सिको मात्र भरमा सकी नसकी ऋण बोकेर जानू भनेको आफ्नो जिन्दगीलाई दुःखी आफैंले बनाउनु हो । जस्को उदाहरणको रुपमा विद्यार्थी भिषामा जापान जाने विद्यार्थीहरुको चित्कारलार्इ लिन सकिन्छ । हिजो आज जापान जान विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण काँधमा बोकेर हजारौं सपनाहरू सजाएर जापान जान लाम लागेका छन् । झुठो आश्वासन दिलाउँदै जापान लैजाने एजेन्सिहरुको पनि ठुलै भिड छ । युवाहरु एजेन्सिको झुठो आश्वासनमा बगेर जापान पुग्दछ्न अनि यथार्थमा धेरै फरक पाउँछन् । जस्ले गर्दा तनाव, पिडा अनि दर्दमा आफुले आफुलार्इ डसेर संघर्ष गर्न बाध्य हुन्छन् ।

जसको फलस्वरूप कलेज र कामको दौरानले खानपिन अनि सुत्ने समय नहुनु, भोकभोकै हिंड्नु पर्ने विवशता, जति नै परिश्रम गरे पनि उपलब्धि नहुनु, काममा पनि अनावश्यक तनाव लिनु पर्ने, आफ्नो मनमा लागेका कुराहरू राख्न नसक्नु (किनकी भाषाको समस्या हुनु) अधिकांश रेस्टुरेन्टहरुले विद्यार्थीहरुलार्इ काम लगाउने अनि तोकिएको पारीश्रमिक नदिनु जस्ता समस्या विद्यमान छन जापानमा । जसले गर्दा सुन्दर सपना सजाएर जापान पुगेका युवाको घाउमा नुनचुक मिसाए जस्तो हुन्छ ।

जापानमा विद्यार्थीहरुको जनजीवन असामान्य रहेको पाइन्छ । उता नेपालबाट ल्याएको पैसा ब्याजको तनावको कारणले मिनेट मिनेट मुटु खाइरहेको अनुभुती हुन्छ । आफुले एकातिर आफ्नो जीवन सुस्केरा सुस्केरामा बिताउनु छ, उता नेपालमा परिवारको तनाव । अनि समाजमा पनि जापान गएको यत्तिका वर्ष  भैसक्यो केही गर्न सकेन भन्ने खालका चर्चा परिचर्चा ! यस्को सिधै असर युवाहरुको मस्तिस्कमा पर्ने गरेको विभिन्न तथ्याँकहरुले बताउँछ ।

दिनहुुँ विद्यार्थी भिषामा जापान जानुको कारण देशमा राजनैतिक अस्थिरता हुनु, योग्यता अनुसार अवसर नपाउनुनै हो । जापान प्रवेश गरे पछि विद्यार्थीहरु डिप्रेसनमा जानू अनि जापानमा दिनहुुँ आत्महत्याको संख्या बढनुमा नेपालको आर्थिक हिसाब किताब समयमा मिलाउन नसक्नु पनि  अर्को कारण हो ।

जस्को कारण नेपालबाट परिवारले र परिवारलार्इ समेत मानसिक तनाव हुनु, कलेजको फि तोकिएको समयमा तिर्न नसक्दा पिडा हुनु, अनि दैनिकी जनजीवन पानी, बत्ती अनि कोठाभाडको चाप पर्नु, जीवनशैली निकै महँगो हुनु, नेपालमा कन्सलटेन्सिले भनेको र आफुले भोगेको जापानमा धेरै मतभेद हुनु, अनि आफू सन्चो नहुँदा पनि काममा सँधै घोटिइनु पर्ने, भबिस्यमा  पिआर पनि नबन्ने विभिन्न बाध्यताले गर्दा जापानमा विद्यार्थी भिषामा जाने नेपालीहरुको जनजीवन निकै कष्टप्रद देखिन्छ । जति बेला पनि असन्तुष्ट मानसिकता बोकेर बाँच्न विवस छ्न नेपाली विद्यार्थीहरु  जापानमा । मनोबैज्ञानिक असरहरु सँधै मानसिक बोझको रुपमा बोकेर हिंड्न् विवश मानिस एक दिन आफ्नै जिन्दगी देखेर, भोगेर, थाकेर अनि जीवनदेखि वाक्क भएर आत्मा हत्यासम्माको बाटो रोज्न पछि पर्दैनन् ।

जापानमा जो दिन दिन बढदो छ ! केहि समय अगाडी डिपेन्डेन्ट भिषा सहज भए पनि अहिले जुन भिषामा कडार्इ गरिएको छ । जसले गर्दा जुन आशाको तान्द्रो थियो अहिले त्यो पनि अति कठिन हुंदै गएको छ । जापानमा विद्यार्थी भिषामा जाने विद्यार्थीलाई तहसनहस बनाइएको छ । मन भित्र लाखौं दुःखका घाउहरु बोक्न बाध्य बनाइएको छ । नेपाल फर्कौ भने ऋन अनि ब्याज कसरी चुक्ता गर्ने, जापानमा विद्यार्थी भिषामा संघर्स केको लागि गर्ने ! जस्ता प्रश्नहरु उब्जिाएको छ । न नेपाली विद्यार्थीले जापानबाट प्राप्त गरेको शैक्षिक योग्यताको कदर जापन बाहेक कहिँ छैन । दिन दिनै जापन प्रवेशको क्रम बढदो छ । अनि नेपालबाट हेर्दाको जापान र पुगिसकेपछि भोग्दाको जापनमा धेरै अन्तर छ । जस्ले गर्दा नेपाली विद्यार्थीहरुलार्इ हरेक कुराले मानसिक तनाब दिने, जति दुःख सङ्ग लडाइँ गरे पनि आफ्नो महत्वाकांक्ष पूरा गर्न नसक्ने, आफ्नो सपनाहरु लथालिङ्ग हुने गर्छ । दिनहुुँ आफ्नो भुमिका के हो ? कर्तव्य के हो ? प्रतिज्ञा के थियो ? सबै बोध छ, तर उस्ले आफुले नेपालमा गरेका बाचाहरु पूरा गर्न चाहँदा चाहँदै ऊ असमर्थ हुन्छ । सामन्य परिवारको सन्तान अनि योग्यता भए पनि राजनीतिमा कम पहुँच भएकोले गर्दा अवसर आफ्नो देशमा नपाएर त्यतिकै हाम्फाल्दा झन बढी तनाब झेल्नु पर्छ ।

जापान विद्यार्थी भिषामा आउनेलार्इ मियागी केन सेन्दाइ जापान बस्ने मेरा दुई जना साथिहरुको सन्देश छ : सम्भावना भएसम्म आफ्नो देशमा केही गर्नुस, नभए सीप र भाषा सिकेर एजेन्सीको मात्र होइन  माध्यमबाट धेरै कुराहरु बुझेर थोरै लगानी लगाएर मात्र विदेश जानू होला।  अनि बिद्यार्थी भिषामा जापान  सकेसम्म नआउनुस । ठुलो महत्वाकांक्षा बोकेर विद्यार्थी भिषामा जापान आउँदा हामी पनि झुक्कीयौं  । जसको फलस्वरूप हामी जीवनमा जापान प्रवेश गरेदेखि सुनामी प्रवेश गरेको अनुभुती भइरहेको छ । जति नै जिन्दगीलाई मेहनत र पसिना सङ्ग लडाइँ गरे पनि जीवन परिवर्तन गर्न नसक्ने भएका कारण अरु साथिहरुले यस्तो दर्द भोग्न नपरोस ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv