माघ २१, नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको ट्विटको आलोचना गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्र विखण्डनकारीबारे डा.भट्टराईको नयाँ धारणा मागेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्र विखण्डनकारीबारे डा.भट्टराईको धारणा माग गरिरहेका छन्।

राउतलाई २०७१ भदौमा प्रहरीले मोरङ्गको रंगेलीबाट पक्राउ गरेको थियो। त्यतिबेला नेता भट्टराईले ट्विट गर्दै भनेका थिए, ‘सिके राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्त रिहा गरियोस्।’
प्रहरीले पहिला जस्तै बिहीबार राउतलाई राजद्रोहको अभियोगमा पक्राउ गरेको छ। जनकपुरबाट पक्राउ गरी प्रहरीले उनलाई सिराहा पुर्याएको छ। राउत पक्राउबारे यो पटक डा.भट्टराईले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। नागरिकबाट
Post a Comment