Latest Updates :

सिके राउतलाई हदैसम्मको कारबाही गर्न र राउत समर्थकको नागरिकता छानबिन गर्न माग गर्दै रैथाने मधेसीले बुझाए ज्ञापनपत्र


SHARE THIS POST :

काठमाडौं, २३ माघ– मुलुक बिखण्डन गराउने भन्दै हिडेका सिके राउतलाई हदैसम्म कारवाही गर्न माग गर्दै आइतबार रैथाने एकता परिषदले सिराहाको लाहान इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र दिएको छ  । तराई मधेसमा भर्खरै गठन भएको रैथाने एकता परिषदले राष्ट्र बिखण्डनका अभियन्ता सीके राउतलाई हदैसम्मको कारवाही माग गर्दै ज्ञापन पत्र बुझाएको छ । मधेसी मोर्चाले अंगीकृत नागरिक नागरिकको स्वार्थका लागि काम गरेको भन्दै गतसाता भूमिपुत्र मधेसीहरुले रैथाने एकता परिषद गठन गरेका थिए । परिषदका प्रवक्ता पंकज चौधरीसहितको टोलीले प्रहरीलाई बुझाएको ज्ञापनपत्रमा राष्ट्रबिरुद्धको षड्यन्त्रमा सामेल सीकेलाई राज्यबिरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाउन माग गरिएको छ । ‘हाम्रा पूर्खाले रगत पसिना बगाएर निर्माण गरेको नेपाल राष्ट्रबिरुद्ध षड्यन्त्रमा सामेल सीके र उनका अनुयायीलाई हामी हदैसम्मको कानुनी कारवाही होस् भन्ने चाहन्छौं’ प्रहरीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘पहिले जस्तै कमजोर मुद्दा लगाएर यो पटक पनि छोडियो भने देशप्रति ठूलो गद्धारी हुनेछ ।’ परिषदले रैथाने नेपाली देश टुक्र्याउने षड्यन्त्रमा कुनै पनि हालतमा सामेल हुन नसक्ने बताउँदै सीके र उनका अनुयायीको नागरिकताको हैसियतको छानविन गर्न र सार्वजनिक गर्न पनि माग गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv