बेपत्ता भएका नेता यु्वतीको फोन जाने वितिक्कै टुप्लुक्कै,एउटी महिलासंग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो
काठमाडौं १९ माघ – चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसंग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासंग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो। अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो।
मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो। १४ गते त उपेन्द्रको उपस्थिति थियो। तर, १५ गते आएनन। उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए। तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानु छ, बोल्ने पालो आयो’ बन्दै १० मिनेटमा हिँडे। मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ।’
तर ३ घण्टा बित्दासमेत उपेन्द्र बैठकमा आएनन्। १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्धेश्यसाथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो। मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबिच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनालाई खटाए। जितेन्द्र क्यामेराअगाडी के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले। ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ?’ महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो।
मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे। तर, सम्भव भएन। राजेन्द्र श्रेष्ठलाई फोन गर्दा ‘उपेन्द्रलाई फोन गरेर सोध्नुस्’ भन्दै टकटकिए। यो बीचमा उपेन्द्रकै पार्टीका नेता राम सहायलाई फोन पुग्यो, उनी बारा पुगेका रहेछ। थाहा नभएको जवाफ फर्काए। बीचमा लालबाबु राउतसंग सोधनी भयो। आफु पर्सामा रहेको कारण देखाउँदै अनभिज्ञता प्रकट गरे। ड्राइभर रामानन्दलाई फोन पुग्यो, उनी रहेछन् बिदामा। पिएसओसंग सोधियो, अनभिज्ञता प्रकट गरे। करिब एक घण्टासम्म शरतसिंह भण्डारीदेखि जितेन्द्र सोनाल, महेन्द्र राय, केशव झा, मनीष सुमन सबैले फोन घुमाए। यहीबीचमा जितेन्द्र सोनालले रेखा यादवलाई फोन लगाए। तर, कहीँबाट ‘तार’ लागेन।
बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एउटी महिलालाई फोन गरे। जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसंग सम्पर्क गर्नु छ, तपाइसंगै हुनुहोला, एकपटक जसरी पनि भेट्टाइदिनुहोस्, जरुरी छ’, भने’, उताबाट सञ्जयलाई जवाफ आयो ‘१० मिनेटपछि गर्नुहोस्, उनको मोबाइल स्विच अन हुन्छ।’ नभन्दै १० मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले फोन गर्दा उपेन्द्रको मोबाइल अन थियो। फोन तत्कालै महन्थ ठाकुरको कानमा पुग्यो।
उनले मोर्चाको निर्णयबारे सोधे। के हतारमा थिए कुन्नि ? उपेन्द्रले ‘हुन्छ’ भन्ने जवाफ फर्काए। यही पछाडी बल्ल जितेन्द्रले मिडियामा गएर मोर्चाको निर्णय सुनाउन अनुमति पाए। त्यसपछाडी त के चाहियो र सबैले ‘एकैक्षणमा के जादु चलायौ ?’ भन्दै सञ्जयलाई सोधे, आफुले ठूलै लडाइँ जितेझै प्रफुल्लित देखिएका उनी ‘छोड्नुहोस् यी सबै कुरा’ भन्दै पन्छिए । जनआस्था साप्ताहिकमा खबर छ ।
Labels:
Featured
,
National news
Post a Comment