Latest Updates :

कामदारको रुपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको कुवेत प्रहरी हिरासतमा मृत्यु


SHARE THIS POST :

काठमाडौं –घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको कुवेत प्रहरी हिरासतमा मृत्यु भएको छ। प्रहरीले पक्राउ गरेर प्रहरी हिरासतमा राखेकी ३७ वर्षीय ती महिला को थिइन् भन्ने सार्वजनिक भएको छैन।

प्रहरी अनुसन्धानका क्रममा गत साता प्रहरी हिरासतमा उनको मृत्यु भएको हो। सोधपुछको लागि सल्मिया पुलिस स्टेसनमा राखिएकी उनलाई उपचारको लागि मुबारक अस्पताल पुर्‍याए लगत्तै मृत घोषित गरिएको थियो।कुवेतस्थित नेपाली दूतावासले मृतक महिलाको वास्तविकता अाफूहरुलाई जानकारी नभएको बताएको छ।
‘कुवेतको नियम अनुसार फोरेन्सी रिपोर्ट नआएसम्म मृतकको पहिचान खुलाइँदैन्। हामीले मृतक ३७ वर्षे ती महिलाको विवरणको लागि फरेन्सी रिपोर्टको प्रतिक्षा गरिरहेका छौं,’ नेपाली दूतावास कुवेतमा कार्यरत लेखनाथ भटराईले नागरिकन्युजसँग भने।


गत एक वर्षमा कुवेतमा २५ नेपालीले ज्यान गुमाएका छन्। महिलाका लागि असुरक्षित रहेको भन्दै नेपाल सरकारले घरेलु कामदारको रुपमा कुवेत जान प्रतिबन्ध लगाएको छ। विमानस्थल अध्यागमन सेटिङ तथा अन्य रुट प्रयोग गरी नेपाली महिला कुवेत पुग्ने क्रम रोकिएको छैन।

नेपाली दूतावासका अनुसार सन् २०१० देखि २०१६ सम्ममा कुवेतमा दुई सय ५२ जनाले ज्यान गुमाएका छन्। नागरिक न्युज बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv