Latest Updates :

जिउदो श्रीमानलाइ मरी सक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभर, जस्को पिडा सुन्दा तपाई रुनु हुन्छ (भिडियो)


SHARE THIS POST :
गएको हप्ता भक्तपुर क्यान्सर अस्पतालमा एक जना क्यान्सर पीडितको रिर्पोटिङ्ग गरि फर्किर्दै थिएँ । अस्पतालको गेटबाट बहिरिदै गर्दा मेरो आखाँ ट्याक्सि चलाएर एक जना बिरामीलाई अस्पताल भित्र छोड्दै गरेको महिलामाथि पर्न गयो । आफ्नो काम सकेर झोला बोकी म घरतिर फर्कदैं गरेको मान्छे उनलाई ट्याकि चलाएको देखेपछि धेरै पहिला नै उनी जस्तै महिलासंग कुराकानी गर्ने मेरो ईच्छा उनैबाट शुरुवात गरेर पुरा गर्ने ठाने । अनी आफुसंगै गएको क्यामेरा पर्सनलाई फर्कौं उहाँको स्टोरी गर्नु पर्छ भन्दै बिरामी पेसेन्जर ओराल्दै गरेको मार्थासंग कुरा गर्ने अनुमति लिएँ ।

जब मार्थाले त्यो हतारको अवस्थामा पनि मलाई आफ्ना कुरा सुनाउने अनुमति दिईन् अनि शुरु भयो उनको भोगाईको कथा सुन्न । अस्पतालको कम्पाउण्ड भएको हुनाले मानिसहरुको कोलाहलले बाहिर बसेर कुरा गर्ने अवस्था थिएन । त्यसैले उनले चलाएको ट्याक्सि भित्र बसेर मैले उनका कुरा सुनें ।

कुनै पनि मान्छेको सफलता तब हुन्छ जब उस्ले जीवनमा केही गर्छु भन्ने ठान्दछ । र त्यस्कालागि उस्ले केही घटनाक्रमसंग जुद्धनु पर्ने हुन्छ । मार्थाले पनि जीवनमा यस्तै केही घटनासंग जुद्धनु प¥यो । कल्पनासम्म नगरेको संघर्षलाई जीवनको सारथी बनाउनु प¥यो मार्थाले ।

उनले आफ्नो क्षमताको प्रदर्शन आफ्नै श्रीमानलाई चुनौतिका साथ देखाउनु प¥यो । अक्सर चुनौति त प्रतिस्पर्धीसंग हुने गर्छ । तर मार्थालाई आफ्नै श्रीमानसंग जीवनको संघर्षमा पैठेजोडी खेल्दै चुनौतिलाई स्वीकार गरेर सम्बन्धलाई नै धारमा राख्नु प¥यो । श्रीमान हुँदा हुँदै आज उनी आफुलाई एकल महिला भन्न रुचाउँदि रहिछन् ।

कारण श्रीमानले अर्कैसंग मेरिटल अफेएर चलाएर उनलाई गरेको घृणा र यातना । श्रीमानले आफुलाई गरेको दुव्र्यवहारलाई मार्थाले तबसम्म सहेकी रहिछन् जबसम्म उनीमा सहन सक्ने क्षमताको बाँध थियो । जब श्रीमानको यातना उनी भन्दा माथि उठेर छोरीमा पनि हुन थाल्यो अनि आफुमा सिमित भएको यातनाको परिधिलाई तोड्दै बिद्रोहको आवाजलाई बुलन्द गरिछन् मार्थाले ।

पर स्त्रीसंग सम्बन्ध राख्दै आफ्नै चरित्र बिगारि बसेको श्रीमानले उल्टै माईति, ईष्ट मित्र अनि पुरै समाज सामू मार्था नै चरित्रहीन भएको बेमतलबको प्रचारबाजी गरिरहंदा पनि सहि बसेकी मार्थाले छोरी नै मेरो हैन भनि डिएनए टेस्टको कुरा गरेर निहुँ खोज्दा भने कसरी सहन सक्थिन् र ? त्यही दिनबाट झगडा गरेर आफ्नो ईज्जत फ्याँक्नु भन्दा छोरीको आमा पनि आफै र बाबु पनि आफै बनेर दुवैको जिम्मेवारी निभाउने बाचा गरि श्रीमान र उनीसंग गाँसिएका सबै सम्बन्धहरुको बलि चढाउँदै उनी ३ महिनाको दुधे नानी काखी च्यापी काठमाण्डौ छिरेकी रहिछन् ।

आफ्नो लडाँई आफै नै लडेकी मार्थाले आफुले दुःख पाएको कुरा काठमाण्डौमा रहेका कुनै पनि आफ्न्तलाई भन्न चाहिनन् । बरु उनले साँझ बिहानको छाक टार्नकोलागि लामो समयसम्म सडक छेउमा दुधे नानीलाई काखी च्याप्दै चिया पसल खोलेर गुजारा चलाउन बेस ठानीन् तर कसैलाई पनि पीडा सुनाईनन् ।

आफ्नो कथा सुनाउँदै उनले भनिन्,“मेरो जीवनको निजी कुरा थियो मैले श्रीमान र उससंगको सम्बन्ध तोडनु त्यसैले याहाँ भएका कुनै पनि आफन्त या साथीलाई मैले आफ्ना कुरा सुनाईन । र छोरी र आफु पालिनकोलागि केही गर्नु नै थियो त्यस्कालागि मैलाई सडक छेउमा ठेलामा चिया पकाएर बेच्न उपयुक्त लाग्यो र त्यही पेशा नै शुरु गरें ।”

दिन प्रतिदिन समय बित्दै गयो । छोरी पनि हुर्कदैं गईन् । मार्थालाई चिया पसल त्यति सुरक्षित र भर पर्दो लागेन । साथै आम्दानीले पनि उनको खर्च धान्न सकेन अन्ततः उनले चिया पसर बहिनीलाई जिम्मा लगाउँदै आफु काठमाण्डौमा ट्क्यासि चलाउने निर्णय गर्न पुगीन् । एक जना भाई पर्नेकै सहयोगमा ट्याक्सि चालक बन्नकालागि मार्थाले डा«ाईभिङ सिकेर लाईसेन्स निकाली सोही भाइैकै सहयोगमा साहुको ट्याक्सि चलाउन शुरु गरिन् ।

मार्थाले काठमाण्डौ, ललितपुर र भक्तपुर गरि यी ३ जिल्लामा ट्याक्सि चलाउन थालेको जम्मा ४ महिना हुन लागेको छ । तर पनि उनले ट्याक्सि चलएको हेर्दा, लाग्छ उनी बिगत लामो समय देखिको ट्याक्सि चालक हुन् । दिनभरि कमाएर साँझ साहुलाई ट्याक्सिको भाडा बुझाउनै पर्ने भएतापनि मार्था यो पेशाबाट सन्तुष्ट नै भएको बताउँछिन् । “चिया पकाएर बेच्नु नराम्रो होईन तर ठेलामा चिया पकाएर बेच्नु भन्दा त ट्याक्सि चलाउनुमा धेरै नै सुख छ ।” उनी भन्छिन् ।

मार्थाका अनुसार जीवन एक अवसर हो । यस्लाई कुनै पनि परिस्थितीमा काम नलाग्ने बनाउनु हुँदैन । अरुकै कमाईमा बाँचेको जीवन भन्दा आफ्नै पौरखमा उभिएको जीवन नै सफल जीवन भएको भन ठान्छिन् मार्था । उनको अनुभवमा उनको जीवन पहिलाको भन्दा अहिल निकै नै सफल जीवन हो ।

संघर्ष नै जीवनको एक अंश भएको बताउँने मार्थाले बिगत सम्झदैं भनिन्,“यदि म जिन्दगीमा यस्तै दुःख भोग्नु रहेछ भन्दै भाग्यलाई नै दोष दिएर तराईमै बस्थें भने आज म ट्याक्सि चालक हैन सायद म उतैतिर साईकल चलाएर बस्थें होला ।” कुराकानीकै अन्तिम खण्डतिर मार्थाले हिंसामा परेर पीडित बनेका सबै महिलालाई हिम्मत नहार्न र आफ्नो जीवनलाई भाग्यको दोष दिएर बिथ्याँमा खेर नफाल्न सुझाब पनि दिईन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv