Latest Updates :

मासु खानै लाग्दा प्लेटमै उफ्रिन थालेपछि उड्यो युवतीको होश-हवाश ! [ हेर्नुहोस भाइरल भिडियो]


SHARE THIS POST :
कहिले पनि तपाईले मासुको टुक्रा चलेको र उफ्रेको कहिलै देख्नु भएको छ ? पक्कै छैन होला। तर फ्लोरिडाको एक रेस्टुरेन्टमा भने मासुको टुक्रा चलेको र उफ्रेको दृश्य क्यामरामै कैद हुन पुग्यो, जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल नै भैरहेको छ।खासमा, री फिलिप्स नाम गरेकी महिला खाजा खानको लागि फ्लोरिडा स्थित एक एशियन रेस्टुरेन्टमा पुगेकी थिइन्। जहाँ उनले मासु अर्डर गरिन्। अर्डर गरेको मासु प्लेटमा राखेर वेटरले उनको टेबल सम्म ल्याइदिए। मासु सहितको प्लेट टेबल आइपुगेको केहि समयमा नै मासुले हलचल देखायो।मासुको हलचल सामान्य थिएन। मासु उफ्रिन नै थाल्यो र प्लेटबाट टेबलमा खस्यो।

टेबलमा पनि मासुको त्यस टुक्रा रोकिएन, उफ्रिंदै जमिनमै खस्यो।मासुको टुक्रा उफ्रिएको देखेर आत्तिएकी फिलिप्सले आफ्नो मोबाइलबाट भिडियो पनि खिचिन्। सोहि भिडियो सामाजिक संजालमा अपलोड भए लगतै भाइरल भयो।केहि व्यक्तिहरुले यस भिडियोमा टिप्पणी गर्दै भिडियो फेक रहेको बताएका छन्। मासुको टुक्रालाई धागोले बाँधेर चलाएमान बनाएको र उफ्रिंदै गरेको जस्तो देखाइएको भन्ने केहिको तर्क छ।तर केहिले भने मासु ताजा रहेको भन्दै उफ्रिएको हुन सक्ने तर्क गरेका छन्। यस्तै केहिले मासु जिउँदो भ्यागुत्ताको रहेको टिप्पणी गर्दै मासु ताजा भएको अवस्थामा उफ्रिने बताएका छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv