Latest Updates :

नेपालगंजबाट चालक दलका र ६६ यात्रु सहित काठमाडौं आएको यति एयरलाइन्स बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ललमा चिप्लियोदुर्घटना


SHARE THIS POST :
यति एयरलाइन्सले शुक्रवार भएको घटनामा कोही यात्रु घाइते नभएको जनाएको छ । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको थियो । नेपालगन्जबाट चालकदल सहित ७० जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो । घटनालाई जोडेर दुई जना यात्रु घाइते भएको भन्दै समाचार बाहिरिएपछि यतिले यस्तो जानकारी गराएको हो ।

सामाजिक सञ्जालमा सूचना जारी गर्दै यतिले घटनामा सबै यात्रु र विमानका कर्मचारी सुरक्षित रहेको जनाएको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) विमानस्थल बन्द गरिएको जनाएका छ । अफिसरका अनुसार साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो। अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए।

सवा १२ बजेसम्मपनि जहाज निकाल्न नसकिए पुनः नोटामको समय लम्बिने जनाइएको छ। हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ। विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv