Latest Updates :

छवि र शिल्पाको खटपटपछि छविलाई रेखा थापाको फोन, के भनिन रेखाले (हेर्नुस भिडियो)


SHARE THIS POST :
अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजुरी गरेपछि माहोल गर्माएको थियो । तर आज बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर टेकुमा सहमति भएको छ ।

शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो ।

छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् । उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो ।

तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । खटपट बाहिर आएपछि पुर्वपत्नी तथा नायिका रेखा थापको फोन आएको छ भन्ने प्रश्नमा ओझाले भने- हो उहाँले यस्तो हुँदैछ भनेर फोन गर्नुभएको थियो ।’

घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन्

प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ । म आए भने तपाईहरु पनि नडराई आउनु ।”

शिल्पाका अनुसार छबी राज ओझाले शिल्पासंग माफी मागेका छन् । अब देखि त्यसो नगर्ने सहमति भएको बताएका छन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv