बैदेशिक रोजगारमा रहेका युवाहरुलाई स्वदेश मै रोजगार दिन नेपाल सरकारले पहल र भूमिका खेल्नु पर्नेमा यता पोखरामा भने उल्टै लगानी चौपट हुने अवस्थाको सिर्जना भएको छ । बैदेशिक रोजगारी त्यागेर आफ्नै देशमा पसिना बगाउछु भन्ने तिन युवाहरु अनिल मगर, चन्द्र बहादुर नेपाली र खड्ग बहादुर दमाईले पोखराको एकान्त ठाउमा पशुपालन ब्यबसाय सुरु गरे । उनीहरुले बंगुर, बाख्रा र कुखुरा पाल्न थालेको मात्र एक वर्ष भएको थियो तर उनीहरुलाई एकाएक ठुलो झड्का लाग्यो । कारण उनीहरुले दानापानी ल्याउने गरेको तुइन नै सरकारले हटाइदियो ।
विना कुनै विकल्प एकाएक तुइन हटाइ दिएपछि उनीहरुलाई ठुलो धक्का लागेको छ । बंगुरलाई दाना ल्याउने बाटो नै बन्द भएपछी उनीहरुको ब्यबसाय चौपट हुने अवस्थामा पुगेको उनीहरु बताउछन । तिन जनाको गरेर करिब एक करोडको लगानी रहेको उक्त ब्यबसाय संचालनमा चुनौती थपिएको छ । अब फेरी विदेश नै जाने की के गर्ने उनीहरु अन्योलमा छन ।उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस :
Post a Comment