Latest Updates :

जब यी अभिनेतालाई २ वटा केराको बिल भारू ४४२ आयो (भिडिओ)


SHARE THIS POST :
तारे होटलहरूमा हरेक कुरा महँगो हुन्छ, चाहे त्यो बसाइ होस या खाना। तर बलिउड अभिनेता राहुल बोससँग जे भयो त्योचाँहि हैरान गर्ने किसिमको छ।

उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए।

केराको बिल कति नै आउँला र?

राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको होश उडाउने। दुई वटा केरा बिल देखेर उनी हेरेको हेर्‍यै भए।


किनकी बिलमा उल्लेखित केराको मूल्य थियो- भारू ४४२।

राहुललाई यस्तो बिल पंजाब राज्य स्थित चंढीगढको जेडब्लु मेरियट होटलले दिएको हो।

यसरी यत्रो बिल आएपछि यसलाई उनले ट्वीटरमार्फत सार्वजनिक गरे।

ट्वीट गर्दै उनले 'यसमा विश्वास गर्न, यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नोक्सान गराउने हुँदैन? जे डब्लु मेरियट-चण्डगढलाई सोध्नुस्' लेखेका छन्।

उनले लेख्नेसँगै भिडिओ पनि पोस्ट गरेका छन्। भिडिओमा उनले अर्डर गरेको केरा र त्यसको बिल देखाएका छन्।

जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ रहेर्नुस् दुई वटा केराको बिल भनेका छन्।


उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।

'मलाई थाहा थिएन, सेलिब्रेटी ट्याग यो मूल्यमा आउँछ', एक प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्।

यसैगरी अर्का प्रयोगकर्ताले 'यदि बनाना शेक मागेको भए त त्यसको मूल्य आगामी आईफोनको मूल्य बराबर हुन्थ्यो होला' लेखेका छन्।

त्यस्तै एक प्रयोगकर्ताले 'यो केरा अस्ट्रेलियाबाट मगाएको हुनुपर्छ लेखेकी छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv