Latest Updates :

यि युवा जसको २ मिनेटको भिडियोले बनायो रानु मण्डललाई स्टेशन गायिकाबाट स्टार


SHARE THIS POST :
पछिल्लो केही दिनदेखी सोशल मिडियामा भिडियो भाइरल भएको छ । यो भिडियो हो, रानु मण्डलको जो अब हिमेर रेशमियासँग एउटा फिल्मको टाइटल गित गाइरहेकी छिन । रानु मरिया मण्डल ती नै हुन जसले केही दिन पहिला एउटा भिडियोमा प्लेटफर्ममा लता मंगेश्करको गित गाएको सुनिएको थियो ।

उनको आवाज र सुर यती सुमधुर थियो कि जो कोहीले उनको उच्च प्रशंसा गरे र उनी रातारात एउटा स्टार बनेकी छिन् । उनलाई रातारात हिट बनाउने एउटा युवा हुन जसको केबल २ मिनेटको भिडियोले रानुको जिन्दगी नै पुरै बदलियो ।

पश्चिम बंगालको रानाघाट स्टेशनमा गित गाइरहेकी रानु मण्डलको गितलाई रेकर्ड गर्ने ति ब्यक्तिको नाम हो अतीन्द्र चक्रवर्ती, जो पेशाले एक समाज सेवक हुन् । अतिन्द्र नै हुन जसले स्टेशनमा रानुले गित गाउदै गरेको सुने र उनको भिडियो बनाइदिए ।

अतिन्द्र यहाँ आफनो साथीसँग आएका थिए र उनलाई रानुको गित असाध्यै मन पर्यो । अतिन्द्र नै थिए जसले पहिलो पटक रानुको गितको भिडियो बनाएर फेसबुकमा पोस्ट गरे । अतिन्द्रले सायद यो पनि सोचेका थिएनन कि उनको यो सानो कोशिश रानुको जिन्दगीको यात्रालाई यसरी सुखद बनाइदिनेछ। आजकाल रानु जहाँ पनि जान्छिन अतिन्द्र त्यही देखिन्छन् ।

हिमेश रेशमियाले गराए बलिउडमा प्रवेश

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv