Latest Updates :

यी हुन् सालिकरामले भिडियोमा नाम लिएकि अस्मिता कार्की !


SHARE THIS POST :
माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरी चितवन पुर्याइसकिएको छ । उनको तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेको थिएन । उनलाई अहिले चितवन प्रहरी हिरासतमा राखिएको छ ।

स्रोतका अनुसार आ त्मह९त्या गरिएको भनिएका पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आत्म ह त्या गर्नुको पछाडि मुख्य कारकमध्ये कार्कीको नाम पनि मुछिएको थियो । आत्म ह त्या गराउन दुरुत्सहन गर्नेलाई पनि दोषी ठहर्याउने व्यवस्था ‘मुलुकी अपराध संहिता ऐन २०७४’ले व्यवस्था गरिएको छ । यो कानून गत भदौबाट लागू भएको हो ।प क्राउ गरिएका कार्की पेशाले नर्स रहेकी छन् भने उनको घर ओखलढुंगा हो । सार्वजनिक भिडियोमा ‘मलाई यो अवस्थामा पुर्याउनुमा रूकु भन्ने अस्मिता कार्की हो, उनको घर ओखलढुंगा रावादोलु हो । उनको नागरिकताको नाम रुकु कार्की हो । उ वीपी स्मृति अस्पतालमा काम गर्छिन्,’ उल्लेख छ । उक्त रावदोलु गाविस हाल खिजीदेम्बा गाउँपालिकामा गाभिएको छ ।

कार्की, पत्रकार रबि लामिछाने र युवराज कँडेललाई उनले ‘अप राधी’ हुन् भनेका छन् । तीनै जना मिलेर आफूलाई फसाउन खोजेपछि आफूले यो बाटो लिन विवश भएको कुरा रुँदै १२ मिनेट ३५ सेकेन्डको भिडियोमा भनिएको छ । ‘नेपालमा कानून छ भने रबि लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई कारवाही होस्’ भन्ने रेकर्ड पनि भिडियोमा पाइन्छ । भिडियोलाई आधार मान्ने हो भने तीनै जनामाथि दु रुत्सहन कसुर अभि योग लाग्ने सम्भावनालाई नकार्न सकिँदैन ।

भिडियो रकेर्डमा देशमा फाँ९सी दिने कानून थियो भने तीनै जनालाई फाँ९सी दिएर मात्र आफ्नो आत्माले सन्तुष्टी पाउने ‘विश्वास’ गरिएको छ । प क्राउ परेकी कार्की बीपी स्मृति अस्पतालमामा कार्यरत रहेको भिडियोमा सुनिन्छ । जो जतिसुकै नाम चलेको भएपनि कानूनको नजरमा दो८षी देखिएपछि जोकोही पनि कानूनको दायरामा ल्याएरै छाड्ने चितवन प्रहरीको दाबी छ । प क्राउ परेको लामिछाने न्यूज २४ टेलिभिजनबाट प्रसारित ‘जनतासँग सिधा कुरा’ कार्यक्रमका प्रस्तोता हुन् । तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । रबि लामिछानेका समर्थकहरुले भने लामिछाने निर्दोष रहेको र रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय, अदालत अगाडि प्रदर्शन गरिरहेका छन् ।

यस्तो दिइन अस्मिताले बयान स् प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv