Latest Updates :

हेर्नुहोस बाह्र लाख भन्दा धेरैले हेरिसकेको अन्जली अधिकारीको हट डान्स (भिडियो सहित )


SHARE THIS POST :
अन्जली अधिकारीले अभिनय गरेको बोल मायाँ र गलबन्दी गीत निकै हित भए । उनको अभिनय र सुन्दरताको चर्चा समाजिक संजालमा चुलिएको छ । अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे ।

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौँ आएकि अंजनालाई स्कुल पढ्दा शिक्षक र साथीहरुले नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् ।

२०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’ भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।

बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् । ‘स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।’ बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।
हेर्नुहोस अन्जली अधिकारीको हट डान्स
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv