काठमाडौं, ५ असोज । केही महिना अघि पत्थरीको शल्यक्रियाको क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृ*त्यु भएको चावहिलस्थित ओम अस्पतालमा फेरी अर्की महिलाको पनि मृ*त्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको पथरीको सफल शल्यक्रियापछि मृ*त्यु भएको हो ।
शुक्रवार(हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृ*त्यु भएको मृ*तकका आफन्तले बताए ।
शल्यक्रियापछि स्वास्थ्य भएको विरामीको मृ*त्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृ*त्यु भएको आ*रोप लगाएका छन् । अस्पतालले भने बिरामीको मृ*त्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् ।
पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृ*त्यु भएको जनाएपछि मृ*तकका आफन्त आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्या*न गएको आ*रोप लगाएका छन् ।
भिडियो रिपोर्ट हेर्नुहोस :
Post a Comment