यो फिल्मले उनलाई ताली होईन गाली बर्सियो । त्यसपछि उनी आफनो उत्ताउलो हाउभाउसहितको म्युजिक भिडियो र केही आईटम नम्बरमा उनले चित्त बुझाईन् । छिफुट उनका फिल्महरु आए तर कहिले आए कहिले गए पत्तो नै भएन ।
राम्रो फिल्मको कारण भन्दा पनि आफनो प्रेम सम्बन्धको कारण चर्चामा आउँने सुस्मा केही समय अगाडी बलिउड नायक सलमान खानसंगको अकस्मात भएको भेट र क्लिक भएका तस्बिरहरुका कारण व्यापक चर्चामा आईन् । लण्डनमा कार्यक्रमका लागि गएकी सुस्माले सलमानलाई अकस्मात भेटेपछि तस्बिर खिचाएकी थिईन् । जसको चर्चा त्यतीबेला निकै भएको थियो ।तर सुस्मा भने अझै पनि त्यही कुरा निकालेर चर्चामा आउँन खोज्छिन् ।तर तस्बिरकै कारण भारतीय मिडियामा सुस्मा समाचार चाही बनेकी थिईन है ।
Post a Comment