असार १९, काठमाडौं । शरीरलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउन चिनिया युरिन थेरापी एसोसिएसन
संस्थाले चिनियाहरुलाई प्रोत्साहन गरिरहेको छ । चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा रहेको यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् । बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियन संस्था मार्फत सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन् ।
पिसाब पिइसकेपछि निकै स्वादिलो पो छ त भनेर आपसमा मजाले गफिन्छन । युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मानिसलाई मुक्ति दिलाउँदछ । एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा पनि सफा गर्दछन् । अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ । स्मरण रहोस् भारतका पूर्वप्रधानमन्त्री मोरारजी देसाइलेसमेत आफ्नै पिसाब पिउँदथे ।
कसरी पिउदछ त पिसाब र पिसाबले कसरी शरीरलाई स्वास्थ्य राख्न काम गर्दछ हेर्नुहोस -
Post a Comment