Latest Updates :

आइएस नेपालमा छिरेको खुसला भीडीयो सहित


SHARE THIS POST :
काठमाडौं— अन्तर्राष्ट्रिय आतंकबादको ‘ट्रान्जिट’ बन्ने उच्च जोखिममा रहेको नेपाललाई बंगलादेश घटनाले झस्काएको छ। सिरिया आन्दोलनका क्रममा दुई वर्ष अघि जन्मिएको इस्लामिक स्टेट (अाइएस) ले  अति सुरक्षित मानिएको बंगलादेशको राजधानी ढाकास्थित गुलसनमा आफ्नो उपस्थिति देखाउदै शुक्रबार २० जनाको निर्ममता पूर्वक हत्या गरेपछि नेपालमा समेत सुरक्षा सर्तकताका लागि आइतबार गृह मन्त्रालय र सुरक्षा निकाय सक्रिय रहे।

काठमाडौं उपत्यकाका तीनै सुरक्षा निकायलाई शंकास्पद ब्यक्ति र स्थानमा उच्च सर्तकता र निगरानी बढाउन गृह मन्त्रालयले आइतबार निर्देशन दिएको छ। छिमेकी देश बंगलादेशमा शुक्रबार भएको आतंकबादी आक्रमणको विषयमा केन्द्रीत रहेर आइतबार बसेको सुरक्षा महाशाखाको बैठकले काठमाडौं उपत्यकामा रहेका राजदुतावास र विदेशी नागरिकको चहलपहल हुने स्थानमा उच्च सर्तकता र निगरानी बढाउन निर्देशन दिएको हो।

बैठकले नेपाल प्रवेश गरेका तेस्रो देशका नागरिकको क्रियाकलाप विषयमा समेत सूचना संकलन गर्न निर्णय गरेको छ। यस्तै अन्तराष्ट्रिय आतंकबादविरुद्ध सक्रिय रहेका क्षेत्रिय सुरक्षा संगठनसँगको सहकार्यमा अनुसन्धान र निगरानी बढाउने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी
काठमाडौं उपत्यका मातहत रहेका तीनै सुरक्षा निकायका प्रतिनिधि उपस्थित रहेको बैठकमा सुरक्षा अवस्था र तत्कालका योजनामा केन्द्रित रहेर छलफल भएको हो। काठमाडौं उपत्यका प्रवेश गर्ने नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी राख्न गृहले निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले नागरिकन्युजसँग बताए।

गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाको नेतृत्वमा नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि बैठकमा सहभागी थिए।

‘सम्भवत सोमबार बस्ने केन्द्रीय सुरक्षा समितिले बाँकी निर्णय गर्ला, तत्कालका लागि काठमाडौंका बिषयमा छलफल भयो, ब्यक्ति र स्थानमा निगरानी बढाउने निर्णय भएको छ,’ सहभागी रहेका एक अधिकारीले भने। उनका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर बंगलादेशमा भएको आक्रमणका सम्बन्धमा सुरक्षा बिश्लेषण र रणनीति बनाउने तयारी समेत भएको छ।

गृहको निर्देशन अनुसार महानगरीय प्रहरी कार्यालयले सोमबार आफू मातहत रहेका प्रहरी युनिटका प्रमुखलाई सुरक्षाका बिषयमा निर्देशन दिने तयारी गरेको छ । यस्तै सशस्त्र प्रहरीले समेत सुरक्षा ब्रिफिङको तयारी गरिरहेको हो।

महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सामान्य अवस्थामा भन्दा केही थप सुरक्षा सर्तकता राख्न सबै युनिटलाई निर्देशन दिएको बताए। उनले बंगलादेशको घटनापछि काठमाडौं उपत्यकामा रहेका विदेशी नागरिकलाई सुरक्षा प्रत्याभुति दिन सुरक्षा सर्तकता  बढाउन निर्देशन दिएको उनले जनाए।

 आतंकबादी संगठन आइएसले शुक्रबार बंगलादेशको राजधानी ढाकास्थित गुलसनमा आक्रमण गरी २० जनाको हत्या गरेका थिए। ढाकामा सुरक्षित मानिएको गुलसन आक्रमण बंगलादेशमा सक्रिय कट्टरपन्थी समुहले गराएको त्यहाँका गृहमन्त्री  ले दाबी गरेका छन्। तर आक्रमण लगत्तै आईएसले घटनाको जिम्मेबारी लिएको थियो।

अाइएसको नेपाल कनेक्सन भेटिएको छैन
‘नेपालमा आतंकबादी समुहको उपस्थिति छ भन्ने अवस्था छैन र नेपालबाट आइएसमा संलग्न रहेको तथ्य समेत हालसम्म फेला परेको छैन तर विश्वमा आफ्नो उपस्थिति फैलाउँदै गएको आईएसबाट हामी सुरक्षित छौ भन्न सकिन्न,’ अन्तर्राष्ट्रिय आतंकबादका बिषयमा जानकार रहेका एक वरिष्ठ प्रहरी अधिकारीले भने। उनका अनुसार नेपालमा रहेका राजदुतावास, विदेशी नागरिक बस्ने स्थान, होटल र कल्बहरुमा उच्च सर्तकता राख्न आवश्यक छ।

नेपाल प्रहरीले विभिन्न समयमा भारतमा केन्द्रित रहेका आतंकबादी समुहका सदस्यलाई भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरे पनि हालसम्म कुनै नेपालीको प्रत्यक्ष उपस्थिति फेला पारेको छैन। नेपालमा प्रतिआंतकबाद हेर्दै आएको बिशेष ब्युरोले भारतीय मुज्जाहिद्दिनका संस्थापक यासिन भटकल सहित तीन दर्जन बढी मोस्ट वान्टेड आतंकबादीलाई भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिसकेको छ। ब्युरोका अनुसार पक्राउ परेका सबैले लुक्न तथा तेस्रो देशमा गतिविधि संचालन गर्न नेपाली भूमि प्रयोग गरेको अनुसन्धानमा खुलेको थियो।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv