काठमाडौं ।
पछिल्लो समय चीनले अफ्रिकी देशहरुमा मान्छेको मासु निर्यात गर्ने गरेको खबर इन्टरनेटमा भाइरल बनेको छ ।विश्वका धेरै देशहरुका लागि खाद्यन्न निर्यात गर्दै आएको चीनमाथि यस्तो आरोप लागेको हो । चीनमाथि प्लाष्टिकको चामल र रासयनिक अण्डा बनाएर बेच्ने गरेको आरोप लाग्दै आएको छ ।
यहीबीच चीनले अफ्रिकी देशहरुमा निर्यात गर्दै आइरहेको मासुजन्य उत्पादनमा मान्छेको मासु पनि मिसावाट गर्ने गरेको खबर भाइरल बनेको हो । सरकारी समाचार एजेन्सी शिन्हृवाका अनुसार जाम्बियाको एक पत्रिकाले चीनमा रहेकी महिलाको झुटो हवाला दिएर यो खबर छापेको थियो । उक्त महिलालाई हवाला दिँदै भनिाएको थियो कि चिनियाँ कम्पनीले मानिसहरुको लासबाट मासु निकालेर त्यसमा मसला लगाउँछ र टिनको डब्बामा प्याक गरिरहेको छ ।’
जाम्बियामा तीनका राजदूत याङ योमिङले भनेका छन् कि यो रिपोर्टले दुई देशबीच लामो समयदेखि रहँदै आएको समधुर सम्वन्ध विगर्ने उद्देश्यले प्रेरित छ ।’ जुन तस्वीरलाई मानिसको लास भनेर देखाइएको छ, त्यो २०१२ देखि चल्दै आएको एक मार्केटिङ स्टन्ट हो । र, यो इविल ६ नामको भिडियो गेन रेजिडेन्टबाट उठाइएको हो । जाम्बियाका उपरक्षामन्त्री फिस्टोफर मुलेगाले भनेका छन् कि सरकारले यो रिपोर्टबारे छानविन गर्नेछ । जाम्बियामा ठूलो संख्यामा चिनियाँहरु बस्छन् । र, त्यहाँको खुद्रा ब्यापार र निर्माण उद्योगमा निकै सफल व्यवसायीहरु छन् ।
Post a Comment