Latest Updates :

दिदीको हत्या गर्ने भाइले भने उसलाई मैले मार्दै छु भन्ने नै थाहा थिएन..


SHARE THIS POST :

पाकिस्तान, ३ साउन –
पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या अरोपमा उनका भाइ पक्राउ परेका छन्। पाकिस्तान प्रहरीले कन्दिलको हत्या गर्ने उनका भाइ वसिम बलोचलाई शनिबार राति पक्राउ गरेको हो। वसिमले प्रहरीको उपस्थितिमा आइतबार भएको पत्रकार सम्मेलनमा आफूले कन्दिलको घाँटी थिचेर हत्या गरेको बताए । शनिबार घरमा नै कन्दिलको घाँटी थिचेर हत्या गरेको वसिमले बताए ।

 बलोच परिवारको नाम अपमानित गरेकाले कन्दिलको हत्या गरेको वसिमले बताए । कन्दिलमाथि मोडलिङ पेशा छोड्न दबाब परेको थियो । कन्दिलले सामाजिक सञ्जालमा विभिन्न पोजका बोल्ड तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेकी थिइन् । यसले गर्दा उनी पाकिस्तानकी सेलिब्रेटी बनेकी थिइन्। प्रहरीले वसिमको भनाई उद्धृत गर्दै कन्दिललाई वसिमले मार्दै छन् भन्ने नै थाहा नभएको बतायो ।

वसिमले प्रहरीसँग भने उसलाई मैले मार्दै छु भन्ने नै थाहा थिएन, पहिले ट्याबलेट दिएँ अनि घाँटी थिचेर हत्या गरेँ। पक्राउ परेपछि वसिमले भने ‘मलाई उसको हत्या गरेकोमा कुनै पनि पछुतो छैन, हामी बलोच हौं, बलोच भएकाले किन्दलको जस्तो व्यहार सहन सक्दैनौं । किन्दलले बनाएको भिडियो तथा उनका तस्बिरका कारण बलोच परिवारको अपमान भएको वसिमले बताए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv