Latest Updates :

मन भुलाउन चोभारमा हुप्पील्याण्ड (भिडियो सहित)


SHARE THIS POST :


शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।

अल्टिच्युट इनोभेशन प्राइभेट लिमिटेडले असार २२ देखि राजधानीवासीको मनोरन्जनका लागि हुप्पी ल्याण्ड एण्ड एम्युजमेन्ट पार्क संचालनमा ल्याएको छ । ६० रोपनी क्षेत्रफल रहेको उक्त पार्क २५ करोडको लगानीमा निर्माण गरिएको हो।

उक्त पार्कमा सबै उमेर समुहका व्यक्तिहरुले प्रवेश पाउने छन् ।उनीहरुले आफ्नो इच्छा गरे अनुसारको खेल खेल्न सक्नेछन्। हाललाई बालबालिका लागि प्रवेश शुल्क ४७५ र वयस्कालागि ८२५ रुपैयाँ तोकिएको छ । १२ महिना नै संचालनमा आउने उक्त पार्कमा हाललाई १७ खेल समावेश गरिएको छ। उद्घाटनको अवसरमा सवै ग्राहकलाई ४० प्रतिशत छुट दिइएको थियो । आगामी २ हप्तासम्म उक्त छुट लागू हुने छ।

साथै प्रवेश शुल्कबाट उठेको निश्चित रकम चोभार पर्यटन विकासका लागि खर्चने कम्पनीका प्रबन्ध निर्देशक सुजन बस्नेतले बताए।

पार्कमा प्रवेश गरेपछि त्यहाँ उपलब्ध सवै खेलको आनन्द उठाउन सकिने छ। संचालनमा आएको चार दिनमै करिब ७ हजार जनाले पार्कको अवलोकन गरिसकेको कम्पनीले जनाएको छ । अन्य दिन भन्दा शनिबार तथा सार्वजनिक बिदाका दिनमा पार्कमा आउने मनोरन्जन प्रेमीको संख्या बढी हुने गरेको बस्नेतले जनाए । – नागरिकन्यूजबाट ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv