Latest Updates :

सरकारले माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त ...


SHARE THIS POST :

काठमाडौं ।
मन्त्रिपरिषदको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा सञ्चालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यस्तै निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ ।

सरकारले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहार स्वरुप दिने निर्णय गरेको हो ।सूचना तथा संचारमन्त्री शेरधन राईले अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी दिए ।

पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त ।
सरकारले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा दिने निर्णय।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा सञ्चालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने।
नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा।
नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री राईले जानकारी  दिए ।मन्त्रिपरिषद बैठकले प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तयार पार्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv