काठमाडौं, २३ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन्। अहिले ४२ जना मन्त्री रहेको सरकारमा कति जना थपेर सरकार विस्ता हुन लागेको केही खुलाएका छैनन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरु सार्वजनिक गरेपछि सरकार फेरिने चर्चा चलेको भएपनि प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला मात्रै बरु सरकार विस्तार अवश्य हुन्छ भन्ने आशय व्यक्त गरेका छन् ।
सत्ता परिवर्तनको विषयलाई प्रधानमन्त्री ओलीले ुहल्ला भन्दै सरकार परिवर्तन नहुने जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै भनेका छन्– ‘ हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ कतिपयलाई। सरकार परिवर्तनको हल्ला खुब चलेको छ। तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ।’
Post a Comment