Latest Updates :

दिक्तेलमा भीषण आगलागी..


SHARE THIS POST :
बुधबार, २९ असार २०७३, १० : ३९ |  दमन राई

खोटाङ–
खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी भएको छ। बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको आगलागीले दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छन्।

बिनोदको घरबाट सुरु भएको आगोबाट बचाउने क्रममा सँगै रहेका जीवन बस्नेत र सुमन बस्नेतको संयुक्त घर भत्काइएको छ। आगोले बिनोद र ढकप्रसादको घर पूर्णरुपमा ध्वस्त भएको छ। स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणको प्रयास गरिरहेको छन्। वरपरका अन्य घरमा आगो फैलिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए।

पानी, हिलो, केराको थम्बा हानेर आगो निभाउने प्रयास भइरहेको छ।  आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरी निरिक्षक राईले बताए। ‘अहिले आगो निभाउने काम भइरहेका छ,’ प्रहरी निरीक्षक राईले भने, ‘क्षतिको विवरण आउन केही समय लाग्छ।’ विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। नगरपालिकाको दमकल भने हिलोमा भासिएका कारण घटनास्थलमा पुर्याउन नसकिएको प्रहरीले जनाएको छ। नगरपालिकाको कार्यालयबाट हिँडाइएको दमकल अल्छेढुंगामा पुगेपछि हिलोेमा भासिएर अड्किएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताए।

गत पुस २ गते बिहीबार दिउँसो विद्युत सर्ट हुँदा लागेको आगोले दिक्तेल नगरपालिका–२ का हिरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रबिध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा पाँच करोड बराबरको क्षति भएको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv