Latest Updates :

ओलीको समर्थनमा युवाहरु यसरी सडकमा ओर्लिए (फोटो फिचर)


SHARE THIS POST :


by एस काठमाडौं
 शुक्रबार ३१, असार २०७३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरु सडकमा ओर्लेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादीले अविश्वासको प्रस्ताव ल्याएपछि ढगमगाएको ओली सरकारका पक्षमा सयौ युवाहरु सडकमा आएका छन् ।


राजधानीको बानेश्वरदेखि माइतीघरसम्मा युवाहरुले जुलुस नै निकालेका छन् । ओली सरकारले आशाका किरण देखाएको उल्लेख गर्दै उनलाई निर्विवाद काम गर्न दिन उनीहरुले माग गरेका छन् । कुनै पार्टीको आयोजनामा नभई स्वतन्त्र युवाहरुको समुहले जुलुस निकालेको हो । आज दिउँसा ३ बजे स्वतन्त्र युवा समुहले माइतिघर मण्डलामा कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।


‘आई एम विथ केपी ओली’ भन्ने भेष्टमा नारा लेखेर युवाहरु सडकमा आएका छन् । सडकमा ओर्लेेका युवाहरुका माँझ एमाले भात्रृ संगठनका कुनै पनि नेताहरु सहभागि भएका थिएनन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv