Latest Updates :

आफ्नै छोरी बलात्कार गर्नेलाई १८ वर्ष जेल..


SHARE THIS POST :

म्याग्दी – जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।|
जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो ।
अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते निजलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv