Latest Updates :

फाँसीकाे फन्दाबाट बचाउन माग गर्दै साउदीको जेलबाट प्रम ओलीलाई एक युवाको पत्र..


SHARE THIS POST :

सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार ।
म एउटा समान्य कुल्ली हुँ । हाल साउदीको हायल सेन्टर जेलमा छु । प्रधानमन्त्री ज्यू मलाइ खासै लेख्न आउँदैन । र, लेख्न मन पनि थिएन । मनका वहहरु कहिल्यै लेखिन पनि । तर, विदेशको जेलमा मृत्यु पर्खेर बसिरहेको म अन्तिम आशा लिएर आफ्नो वेदना तपाईलाई जानकारी गराउन यो पत्र लेख्दैछु । यद्यपी म प्रष्टै छु कि यो पत्र प्रधानमन्त्री ज्यूले पढ्नु हुन्न । तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्नेछन् ।   कहिले युद्ध, कहिले बन्द ,त कहिले को हडतालको चपेटामा परी म कामै गर्न नसकेर म विदेश आइपुगेको हु । स्वदेशमा आफुले ऋण गरेरै भए पनि किनेको एउटा मिनिबस थियो । तर, बन्द हडतालका कारण समेत चलाउन नसक्ने अवस्था भयपछि भएको जमीन समेत धितो राखेर साउदीको खाडीमा कुल्ली बन्न आएको हुँ । म अभागीलाइ यस्तो दिन आइलाग्यो भन्ने थाहा के तपाईलाई छ र प्रधानमन्त्री ज्यू ।   यहाँ आएको केही दिनसम्म त काम र मामको कुनै ठेगान भएन । तर, केही दिनपछि भने नेपालमा गरिएको करारनामा भन्दा फरक भए पनि साउदीकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पाएको थिए । सायद मेरो लागि त्यो काम नै अभिसाप थियो होला । काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथि खनिएपछि मेरो केही लागेन ।   कम्पनीबाट सिमेन्ट लोड गरी कम्पनीकै पार्किङमा राखेको मैले चलाउने मालबाहक ट्रकमा पाकिस्तानी नागरिक चढिआएको कार आपसमा ठोक्कियो । कारमा सवार पाकिस्तानीको घटनास्थलमै मृत्यु भयो । त्यो नै मेरो लागि सबैभन्दा ठूलो अभिसाप बन्यो । अरुको देश, अरुकै शासन, अरुकै कानुन म एउटा सामान्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहाँ कसैले सुनेन । नाङ्गो यथार्थता कसैले देख्नै चाहेन ।    भन्नेले त घरदेशसम्म पनि रक्सी खाएर गाडी चलाएको भन्ने गलत सन्देश गाउँ गाउँमा भनिसकेका रहेछन तर कठै साउदीको ठाउँ, त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने ? कसरी चलाउने ? केही ज्ञान त मलाई पनि थियो । बिदेशी भूमीको ठाउँ रक्सी खाएर सवारी चलाउँदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिए तर आफ्नो दिनै बिग्रिएपछि कस्लाइ दोष दिनु । पार्किङमा दुर्घटना भएपश्चात पाकिस्तानी र अन्य धेरै मानिसको बाक्लो भिड थियो । यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केही पाकिस्तानीहरु मिलेर मैले चलाउने गाडी भित्र बियरका खाली बोतल समेत हाल्दिएछ्न । जुन प्रहरीले खोजी गर्दा पछि फेला पार्यो ।   देख्ने र भन्नेलाइ त रमिता भयो तर मेरा लागि यो जीवनकै ठूलो अभिशाप भयो । मैले आँशुको भेल बगाइ हप्ता दिनसम्म खाना खान सकिन । आफ्नो देश, परिवार र आफन्त सम्झिएर त्यो कालो कोठरीमा रोएको कुरा कसलार्इ के थाहा । प्रधानमन्त्री ज्यू, हो म धेरै नराम्रोसँग फसे । यो खाडीमा काम गर्न कम्पनीले विमा समेत गरेको रहेनछ, जुन कुरा मैले म जेल परेको २१ दिनपछि थाहा पाए । कम्पनीको मालिक आएर मेरो केस सरकारको नाममा गरेपछि थाहा पाए । साउदीको कानुन कठोर र क्रूर छ भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन विवश भए ।   समय बित्दै गयो । मलाई थुनामा राखेको २१ महिनापछि लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मृतकका आफन्त सम्पर्कमा आए । उनीहरुको माग अनुसार मलाई साउदीको बिशेष अदालतले मृतकका परिवारलार्इ क्षतिपूर्ती स्वरुप  साउदी रियल (३ लाख) झण्डै नेपाली ९० लाख तिर्नुपर्ने फैसला सुनायो । समय केही महिना थप गरी पुन थुनामा पठायो ।   म एउटा समान्य गरिब किसानको छोरा त्यसमाथि स्वदेशको ऋण र भुकम्प पीडित । कसरी तिरौ यत्रो रकम ? त्यसैले मनमनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न विवश भए । मलाई सतायो परिवार अनि ती साना नानीहरुको मायाले जसलार्इ मैले राम्रोसँग खेलाउन समेत पायको छैन । हुनत अब आशा पनि कताबाट गरौ र । सहयोग मागौ थोरै पैसा होइन । सरकारको आशा गरौ भने प्रधानमन्त्री ज्यूको कार्यालयमै बिन्तिपत्र आउँदा समेत कुनै वास्ता भएन । दूतावासको त के आशा गरौ र म । भेट्न् र बुझ्न समेत आउन मान्दैनन दुतावासका मान्छे । न फोन नै उठाउँछन् समयमा ।   सायद आज अफ्गानिस्तानको जेलमा भएको भए सरकारले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि । तर म त खाडीको जेलमा न परे । मलाई ठूलो आशा थियो र अझै केही बाँकी छ    प्रधानमन्त्री ज्यू, यो जेलमा पनि म तपाईको नाम निकै धेरै सुन्छु । विभिन्न मिडियाबाट तपाईं झुक्दै नझुक्ने नेपालको छोरा रास्ट्रप्रेमी जसले अफ्गानमा मारिएका १२ नेपालीको शव केही घन्टामै नेपाल झिकायो भन्ने चर्चा छ । तर, म मरेर होइन प्रधानमन्त्री ज्यू जिउदै नेपाल फर्कन चाहन्छु । मेरा बालबच्चालार्इ म दुखै गरेर भए पनि केही पढाउन चाहन्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस।   सास भएसम्म आश भनेझै मलाई कता कता थोरै भए पनि आशा छ । बाँचेरै स्वदेश फर्कने अनि दुःख सुख गाउँघरमै गरेर भए पनि परिवारसँग रमाउने । कठै कस्ता अभागी रहेछौ हामी, जो आज अल्पायुमै विदेशी भूमीमा फासीमा चढ्नु परिरहेको छ । कस्तो कर्म हाम्रो ।आज यहाँ म जस्ता सयौ पीडित छन् । कस्ले सुन्ने यहाँ ?    हामीले पसिना बेचेर पालेको दूतावासलाई केहीले कमाई खाने थलो बनाएका छन । उनीहरु न त कहिल्यै हाम्रो पिडा सुन्न आउँछन, न त कहिलै सहयोग गर्न नै ।    बिडम्बना छ हाम्रो देशको सरकार पनि कहिले आउँला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ । तर, प्रधानमन्त्री ज्यू मलाई तपाईप्रति आशा छ यदि हजुर साँच्चै नेपाल र नेपालीप्रति उत्तरदायी हुनुहुन्छ भने यी र यस्ता समस्यामा पक्कै ध्यान दिनुहुनेछ ।   अन्तमा, मेरो नेपाल फर्कने सपना पूरा होला नहोला म भन्न सक्दिन तर प्रधानमन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडीमा आएर यो कालकोठरीबाट माग्नु नपरोस । तपाईहरुको राजनीतिक खिचातानी बन्द होस् र युवाहरुले स्वदेशमै रोजगारी गर्न मौका पाउन ।   म मरेर गए पनि मेरो देश नेपाल बाँचीरहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्मभुमिमा टेक्ने भएको हुँदा सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा नेपाल सरकारसँग यो अन्तिम पत्र पेश गर्दै बिदा हुन्छु । धन्यवाद ।   उही अभागीः रामचन्द्र तिमल्सिना  हाल साउदी हायल सेन्टर जेलबाट ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv