Latest Updates :

प्रधानमन्त्री ओली सरकारको पक्षमा र्‍याली निकालिने...


SHARE THIS POST :

काठमाडौँ :
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा राष्ट्रव्यापीरुपमा युवाहरूले र्‍याली निकाल्ने भएका छन् । स्वतन्त्र युवा अभियान नाम दिइएको युवा समुहले राष्ट्रियता, स्वाधिनता र विकासको लागि ओली सरकारको निरन्तरता भन्दै शुक्रबार माइतीघर मण्डलाबाट राष्ट्रव्यापीरुपमा र्‍याली निकाल्ने भएको हो । यसैगरी पोखरामा स्वतन्त्र युवाहरुले प्रधानमन्त्रीको ओलीको समर्थनमा प्लेकार्ड सहितको जुलुस निकाल्ने भएका छन् ।

उद्यमी, व्यवसायी, वकिल, पत्रकार, खेलाडी, शिक्षक तथा विद्यार्थीहरु समेत सहभागि हुने तयारी गरिएको र्‍यालीमा भारतीय राजदुत रञ्जित रेलाई आफ्नो कूटनैतिक मर्यादामा रहन, छिमेकी देशमा सत्ता परिवर्तन गरी भोजभतेर गरी नृत्य नगर्न समेत खबरदारी अभियानका सदस्य सुजन राईले बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।व्यवस्थापिका संसदमा प्रधानमन्त्री अाेलीकाे विरोधमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

गत २०७२ असोज २५ गते तत्कालीन एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितलाई समेटेर ओली प्रधानमन्त्री बनेका थिए। ओलीले ३ सय ३८ मत पाएका थिए। संसदमा ८२ सिट रहेको माओवादी केन्द्रले समर्थन फिर्तापछि अब प्रधानमन्त्रीलाई २५३ सांसदको समर्थन छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv