Latest Updates :

बेलोन डि‘अरको उपाधि मेसी होइन रोनाल्डोले जित्छन्ः पोग्वा ..


SHARE THIS POST :

असार ३१ , काठमाडौँ –
 फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले फिफा बेलोन डि’अरको उपाधि पोर्चुगल तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन्। पोग्वाले रोनाल्डोले यो सिजन दुईवटा ठूला उपाधि जितेकाले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई पछि पार्दै रोनाल्डोले जित्ने वताएका हुन्। रोनाल्डोले यो सिजन पोर्चुगललाई पहिलो पटक युरोकप फुटबल २०१६ र रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका छन्। रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उपाधि रियललाई जिताउँदा रोनाल्डोले नै निर्णायक गोल गरेका थिए। ‘हामीसँग मेसी र रोनाल्डो छन्। वास्तवमा मलाई दुबै खेलाडी मन पर्छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानको यो वर्षको फुटबल करियर पनि निकै राम्रो रह्यो,’ पोग्वाले इएसपीएनसँगको कुराकानीमा भने। ‘मेरा लागि क्रिष्टियानो रोनाल्डोले बेलोन डिअरको उपाधि उचाल्नुपर्छ, किनभने उनले यो वर्ष च्याम्पियन्स लिग र युरो कप फुटबलको उपाधि जितेका छन्,’पोग्वाले भने। रोनाल्डोले तीन्पटक बेलोन डिअरको उपाधि उचालिसकेका छन् भने मेसीले पाँच पटक उचालेका छन्।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv