Latest Updates :

आमिर खानका बडीगार्ड हुँदै स्टार बनेका बलिउडका चर्चित यी कलाकार...


SHARE THIS POST :


July 28, 2016

बलिउडमा आफ्नो सपना बोकेर शुन्यबाट संघर्ष गर्ने धेरै नै छन् । संघर्ष गरेरै आफूलाई स्थापित गराउने पनि थुप्रै छन् । तिनै सफलहरूमध्येका एक हुन् अहिलेका चर्चित टिभी स्टार रोनित रोय । रोनित कुनै समय बलिउडका अर्का स्टार आमिर खानका बडिगार्ड थिए । रोनितले २ वर्षसम्म आमिर खानको बडीगार्ड भएर काम गरेका थिए।

रोनित हाल अभिनेताका रूपमा चिनिए पनि उनले आफ्नो पुरानो कामलाई भने छोडेका छैनन्। उनी हाल सुरक्षा कम्पनीका मालिक रहेका छन्। उनी एस सेक्यूरिटी एण्ड प्रोटेक्सन एजेन्सी नामक कम्पनीका मालिक हुन्। उनको सो कम्पनीले बलिउड हस्तिहरू अमिताभ बच्चन, सलमान खान, शाहरुख खान तथा मिथुन चक्रवर्तीलाई सुरक्षा दिने गर्छ। आमिरलाई अहिले पनि उनकै कम्पनीका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने गर्छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv