Latest Updates :

राजधानीको मासुपसलमा किरैकिरा, तुरुन्त बन्द गर्न मन्त्रीको निर्देशन..


SHARE THIS POST :

काठमाडौं –
 राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा हुने गरेको फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । मोज मिट सेन्टर नामक उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । पसलमा ढक तराजुसमेत नापतौल विभागमा दर्ता नगरेको पाइएको छ । बधशाला अत्यन्तै फोहर रहेको र मासुमा स्याउँस्याउँती किरा परेको अनुगमनमा भेटिएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।-खबरडबली
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv