Latest Updates :

रणवीर सिंह आफ्नो पति भन्दै चर्चित लेखिकाको यस्तो दावी ..


SHARE THIS POST :

बलीउड मा अहिले एक्टर रणवीर सिंह र दीपिका पादुकोणको अफेयरको चर्चा निकै नै चुलिएको छ।तर हालै एक उपन्यासकारले रणवीर सिंह आफ्नो पति भएको दावी गरेकी छिन्।  हालै एक चर्चित पत्रिकाको लागि दिएको अन्र्तवार्तामा  ‘लाइक अ लव सन्ग’ नामक पुस्तककी राईटर निकिता सिंहले रणवीर सिंह आफ्नो पति भन्दै रणवीरसंगनै आफ्नो पहिलो प्रेम रहेको बताएकी छिन्।निकिताले यसरी रणवीर सिंह को नाम लिँदा रिपोर्टरले निकिता संग कन्फर्म गर्नका लागि प्रश्न गर्दा उनले दोस्रो पटक पनि रणवीर आफ्नो पति भएको र यसबाट आफु खुसी रहेको बताएको भारतीय मिडियाले जनाएको छ।निकिता सिंह पेशाले एक लेखक तथा उपन्यासकार हुन्। उनका नोबेल हरुमा एक्सिडेंटली इन लव, लव@फेसबुक, द प्रमिस, समवन लाइक यू, द अनरीजनेबल फेलोज, राइट हियर राइट नाऊ आदि प्रख्यात छन्। अब निकिताले यसरी रणवीरलाई आफ्नो पति मान्नुमा दीपिका को कस्तो प्रतिकृया आउँछ त्यो भने हेर्न बाँकी छ्।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv