Latest Updates :

एयरपोर्टका अधिकांस महिला कामदारमाथि चरम शोषण !


SHARE THIS POST :

काठमाण्डौ –
 कहिले तस्करको अखडा त कहिले घोटालाको उद्गम स्थल बनेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र काम गर्ने अधिकांस महिलाहरु शोषणमा पर्ने गरेको तथ्य खुलेको छ । एयरपोर्ट भित्र काम गर्ने कार्यालय सहयोगी, सरसफाई, प्रशासन शाखा लगायत अन्य क्षेत्रमा काम गर्ने महिलाहरु शोषणमा पर्ने गरेको तथ्य बाहिरिएको हो ।

२५ बर्षदेखि काम गर्नेको समेत नियुक्ति छैन :
एयरपोर्टमा बिगत लामो समयद्केही काम गरिरहेकाहरुको समेत नियुक्ति छैन । अझ अचम्म लाग्दो कुरा त के छ भने, नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण अन्तर्गत ठेकेदारी प्रथा मार्फत झन्डै २५ वर्ष देखि काम गर्दै आएका महिला श्रमिकहरुलाइ समेत नियुक्ति दिइएको छैन । आईतबार नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी महिलाहरुले एयरपोर्ट भित्रको यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

ठेकेदारले उल्टै धम्की दिन्छन् :
नियुक्ति नलिएका अधिकांस महिला कर्मचारीहरुलाई ठेकेदारले धम्की दिने गरेको गुनासो उक्त कार्यक्रममा सहभागीहरुले गरेका छन् । एयरपोर्टभित्र काम गरिरहेका महिलाहरुमा थोरै मात्र पढेकाहरु बढी भएकाले पनि यस्तो शोषण हुने गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरु आफ्ना कुरा ठेकेदार समक्ष राख्न समेत निकै डराउने गरेका छन् । कतिपय महिलाहरुलाई अपशब्द बोल्ने, बिना कारण थर्काउने जस्ता कार्यहरु ठेकेदारबाट हुने गरेको उनीहरुको भनाइ थियो ।

शोषण गर्नेलाई छोड्दिन : जिफन्टका उपमासचिव
उक्त कार्यक्रममा बोल्दै जिफन्टका उपमहासचिव जनक चौधरीले श्रमिक माथि शोषण गर्नेहरुलाई आफूहरुले नछाड्ने चेतावनी दिए । आफु सधैं श्रमिकका पक्षामा रहेको बताउंदै उनले कुनै पनि हालतमा एयरपोर्टभित्र हुने गरेको गलत कार्य विरुद्ध आफुहरु लाग्ने उनको भनाइ थियो। साथै कार्यक्रममा बोल्दै पर्यटन क्षेत्र युनियन परिषदका सदस्य सुनिता थापाले महिलाका आवाजलाई बुलन्द पार्दै महिला माथि भईरहेको चरम श्रम शोषणको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेकी छिन ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv