काठमाडौं— असार २७
युरोकप २०१६ को फाइनल गएराति पेरिसमा चलिरहेको थियो । पहिलो हाफमै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएर मैदान छाड्न बाध्य भए ।
यसले पोर्चुगल र क्रिस्टियानो रोनाल्डोका संसारभर रहेका फ्यानहरुलाई निकै दुःखित र चिन्तित बनायो ।
फाइनल गुमाउनु पर्दा रोनाल्डो गहभरि आँशु पारेर मैदानबाट बाहिरिए । एउटा ऐतिहासिक खेलमा देशलाई उपाधि जिताउने निर्णायक क्षणमा बाहिरिनुपर्दा उनको आँखामा आँशु आउनु स्वभाविक नै थियो ।
त्यसपछि धेरै क्रिस्टियानो रोनाल्डोका फ्यानहरु उनीजस्तै दुःखमा डुबे । त्यो दृश्य टेलिभिजनमा हेर्दा नेपालमा पनि रोनाल्डो थुप्रै फ्यानहरु दुःखित भए ।
खेलमा फ्यानहरुका लागि सबैभन्दा ठूलो पक्ष भावना हुन्छ । खेल भावनालाई देशका सीमा रेखाहरुले पनि बाध्न सक्दैंन् ।
रोनाल्डो बाहिरिएपछि फ्रान्सको सपोर्ट गरिरहेकी चर्चित मोडल सहाना ब्रजाचार्यले तिनै फ्यानहरुको भावनामा चोट पुग्ने गरी आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेखिन्, ‘रोनाल्डोले फुटबल खेल्न छाडेर एक्टिङ सुरु गरे हुन्छ ।’ त्यसमा दुई ह्यास ट्याग थिए- ‘नोअफेन्स’ ‘काल्मडाउन’ ।
सहानाले यस्तो लेखेपछि फेसबुकमा उनको विरुद्धमा चर्को विरोध सुरु भयो । रोनाल्डो र पोर्चुगलका फ्यानहरुले यसलाई सहानाको चिप राइटिङ मात्र भनेनन्, उनको खोइरो नै खने ।
प्रतिमा श्रेष्ठ नाम गरेकी युवतीले उनलाई सोधेकी छिन्, ‘के तिमीलाई लाग्छ रोनाल्डोले साँच्चै नै एक्टिङ गरेका हुन् ? यदि तिमीलाई हो जस्तो लाग्छ भने तिमीलाई फुटबलबारे केही थाहा छैन र एक्टिङ बारेमा पनि केही थाहा छैन् ।’
रविन पन्त भन्छन्, ‘तिमीजस्ता केटीहरु भान्सामा खाना पकाउन ठीक छौं । जब तिमीलाई फुटबलबारे केही पनि थाहा छैन् भने चुप लागेर बस्ने गर ।’
मनिषा मरहठ्ठाले भनेकी छिन्, ‘पहिलो आफूलाई हेर्ने गर । अब यो कमेन्टपछि सार्वजनिक रुपमा नभन कि एक्टरहरुले सम्मान नै पाएनन् । खेलाडीहरुले गरेको प्रयासको सम्मान गर्न सक्दिनौं भने खेलको सम्मान पनि गर्न सक्दिनौं ।’
प्रकाश लिम्बु लेख्छन्, ‘तिम्रो करिअरभन्दा रोनाल्डोका जुत्ताहरु बढी मोल छ । तिम्रो टिभी शो भन्दा रोनाल्डोको अन्डरवेयरको विज्ञापनको ठूलो महत्व छ ।’
निशा भण्डारी आक्रामक रुपमा भन्छिन्, ‘यदि मैले तिमीलाई बाटो हिडदैं गरेको देखे भने मैले इटाले हान्ने छु । अनि बल्ल थाहा पाउँछौं पीडा भन्ने के हो ?’
अरु हजारौंले पनि उनलाई यस्तै कडा जवाफहरु फर्काएका छन् । सयोग नेपालीपत्र




Post a Comment