Latest Updates :

साउन देखि नया नियम लागू :विदेशबाट फर्किदा ४० % भन्सार तिरेर ल्याउन पाइने सामानको सूची यस प्रकार छन् ..हेर्नुहोस


SHARE THIS POST :

बिदेशबाट फर्कने नेपालीले ल्याउने सामानमा लाग्ने भन्सार शुल्क तथा व्यवस्थामा साउनदेखि लागू हुने गरी सामान्य हेरफेर गरिएको छ। पछिल्लो व्यवस्थाले ढिक्का अर्थात काँचो सुनचाँदी ल्याउन नपाउने व्यवस्था गरेको छ। लुगाफाटा, इलेक्ट्रोनिक्स तथा अन्य सामानमा भने सामान्य परिवर्तन गरिएको छ।अब विदेशबाट काँचो सुनचाँदी लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइने छैन । सरकारले गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध लगाएको छ । सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्राम मात्रै ल्याउन पाइने छ । यसअघि विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइनथ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने छ । नयाँ झिटीगुन्टा आदेशले यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था कायमै राखेको छ । यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ | त्यस्तै विदेसिएकाले साउनदेखि ४० प्रतिशत भन्सार शुल्क बुझाएर ल्याउन पाउने सामानको सूची यस्तो छ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । सात किलोसम्म खाद्यसामग्री ल्याउादा पनि भन्सार भुक्तानी गर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आˆनै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था कायमै छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv