काठमाडौ साउन ५
संसदका बिधेयकमाथी देखिएको गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्ती बुधबार विहानदेखि सक्रिय भएकी छिन् । विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी घर्ति अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार भेट गरेकी घर्ति आजै राष्टपति बिद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने भएकी छिन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बजेटका पुरक बिधेयकमाथीको छलफल हटाउनुको कारण सभामुख घर्तिसँग मंगलबार मागेका थिए । आफ्नो गल्ति सच्याउन उनी विहानैदेखि सक्रिय भएकी छिन् ।
प्रधानमन्त्रीले कडा शैलीमा सभामुखलाई पार्टीका कार्यकर्ता नभई सभामुखको भुमिका खेल्न आग्रह गरेपछि उनी आज विहानदेखि सक्रिय भएकी हुन् । संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथी छलफल गर्नु पूर्व बजेट माथीका छलफल सक्नु पर्ने एमालेले अडान राखेको छ । सिधै अविश्वासको प्रस्तावमा छलफल गराए संसद बैठक एमालेले अवरोध गर्ने देखेपछि सभामुख नेताहरुको घर पुग्न थालेकी हुन् । कांग्रेस सभापति देउवालाई भेटेपछि उनी सितल निवास पुग्ने भएकी छिन् । सभामुखले पछिल्लो राजनीतिक गतिविधिका बारेमा जानकारी गराउने कार्यरक्रम रहेको छ ।
Post a Comment