इटहरी ।
पूर्वी पहाडी क्षेत्रमा मंगलबारदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् ।
बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा एक लाख ६१ हजार ४२५ रुपैयाँ क्यूसेक पानीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव मंगलबार साँझदेखि नै निरन्तर बढिरहेकाले बिहान ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिँदै पहाडी क्षेत्रमा वर्षा रातभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्न सक्ने अनुमान गरिएको कोसी ब्यारेज क्षेत्रमा रहेको प्रहरीले जानकारी दिएको बताएका छन् ।
यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी दुई लाख ३५ हजार क्यूसेक प्रतिसेकेन्ड बाढी मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिए ।
Post a Comment