Latest Updates :

आमा नभेटेपछि ११ वर्षीया छोरीको सामूहिक बलात्कार..


SHARE THIS POST :


धनगढी : कैलालीको दोधरा गाविसका दुई जनाले आमा फेला नपरेपछि, घरभित्र सुतीरहेको अवस्थामा ११ वर्षिया छोरीको पालैपालो बलात्कार गरेको खुलासा भएको छ।

असार २९ गते आइतबार राती, कैलालीको दोधरा गाविसमा एक बालिका सपना (नाम परिवर्तन) को सामूहिक बलात्कार भएको थियो। प्रहरीले सोही ठाउँका २२ वर्षका चक्र ओली र ३७ वर्षका प्रकाश गौतमसहित ४ जनालाई पक्राउ गरेपनि उनीहरु कसैले बलात्कार गरेको स्वीकार गरेका थिएनन्।

प्रहरीले चारैजनाको विर्य, घटनास्थलमा भेटिएको रगत र उनीहरुको लिंगको समेत परिक्षण गरेको थियो। प्रहरी, चक्र र प्रकाशको लिंगमा घाउ रहेकाले दुबैले बलात्कार गरेको आशंका गरे पनि उनीहले सोमबार सम्म स्वीकार नगरेपछि द्विविधामा रहेको थियो। ‘मंगलबार चक्र ओली र प्रकाश गौतमले पालोपालो बलात्कार गरेको स्वीकार गरेका छन’ कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले भने।

‘आमाका लागि भनेर गएका दुबैजनाले आमा छिमेकको विवाहमा गएको बेला, घरमा सुतीरहेकी ११ वर्षिया नावालिका सहित तीन भाई बहिनी सुतीरहेको देखेपछि ठुलीलाई उठाएर अकैै कोठामा लगेर पालैपालो बलात्कार गरेको स्वीकार गरेका छन।’

‘हामी दुई जनाले सँगै मदिरा खायौं, युवतीका बुवा बैदेशिक रोजगारमा रहेकाले बालिकाकी आमाका लागि दुबै जना घरभीत्र पस्यौं, अनी आमालाई फेला पारेनौं, घरभीत्र भुईमा ओछ्याएर सुतीरहेका तीन जना भाई बहिनी मात्रै थिए । ती मध्ये ११ वर्षकी ठुलीलाई अकैं खटियामा राखेर बलात्कार गर्‍यौ’ चक्रको बयान उदृध गर्दै कैलालीका एसपी मोहनराज जोशीले भने।

उनीहरु मध्ये पहिला चक्रले बलात्कार गरेको र त्यसपछि प्रकाशले गरेको स्वीकार गरेका छन। बालिकाको मुख र आँखा च्यापेर बलात्कार गरेकाले उनले कसैको पनि अनुहार नदेखेको बताउदै आएकी थिईन। तर उनले खस्रो जिन्सको पाईन्ट र अग्लो कदको मान्छे रहेको बताएकी थिईन । प्रहरीले, बालिकाले दिएको बयानका आधारमा यी दुबै माथि आशंका मानेर अनुसन्धा गरिरहेको थियो।

प्रहरीले चक्रले नै बालिका बलात्कार भएको खबर उसकी आमालाई दिएको प्रहरीले जनाएको छ। आफै बलात्कार गरी, आफैले आमालाई खबर दिएको र पछि आफै उनकै घरमा भात खाएर आएको पनि प्रहरीले बयानबाट खुलेको जनाएको छ। ‘सुतेको अवस्थामा बालीकाको आँखा र मुख थुनेछन, अनी पालै पालो बलात्कार गरे, पहिलेको ओछ्यानमा रगत लतपतिएपछि ओछ्यान सारेछन, अनी उनीहरु नै आमालाई खबर गर्न गएछन’ एसपी जोशीले भने। चक्र उनको आफन्त रहेका र घरमा आउने जाने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले दुबै जना विरुद्ध ईलाका प्रहरी कार्यालय सुखडमा जवरजस्तीकरणी मुद्धा दर्ता गरेको छ । साउन २ गते म्याद थपेर अनुसन्धान थालिएकोमा मंगलबार मुद्धा दर्ता गरिएको हो । आमाले दिएको उजुरीका आधारमा मुद्धा दर्ता गरिएको एसपी जोशीले बताए।

असार २९ गते बलात्कृत भएपछि बालिकालाई सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको थियो । उनको शरिरको अत्यधीक रगत बगेको भन्दै दुई पोका रगत चढाईएको पनि प्रहरीले जनाएको छ । बालीकालाई रगत दिने पनि कोही नभेटिएपछि स्वयम आमाले रगत दिएकी थिईन । बालिकाको अवस्था खतरामुक्त रहेको तर अझै राम्ररी निको भने भएको छैन।

‘राती सपनामा गड्गडाउने गरेकी छे, त्रसिन्छे, उठेर जान खोज्छे’ सेती अञ्चल अस्पतालमा रहेकी आमाले भनिन। ‘बलात्कारीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ।’ आमाले अहिले सम्म कसैले पनि सहयोग नगरेको बताएकी छिन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv