Latest Updates :

किन आउँछ बांगोटिंगो दाँत ?


SHARE THIS POST :
प्रकाशित मिति : २०७३ असार २७ सोमबार


काठमाडौं ।
 केटाकेटी उमेरमा खासै चासो हुँदैन । तर जब जवान भइन्छ तब सोच्न थालिन्छ, बांगोटिंगो दाँतले तनाव दियो । कुनै दाँत भित्र छिरका छन्, कुनै दाँत बाहिर निस्किएका छन् । अरुसामु हाँस्दा दुईवटा ओठ छुट्टिएलान् कि भन्ने डर हुन्छ । दाँत देखिने गरी हाँसो छुट्यो भने हात लगेर छोप्न हतार गर्नुपर्छ ।

अधिकांश व्यक्ति डेन्टल हस्पिटल÷क्लिनिकमा पुगी महँगो पैसा खर्च गरेर दाँत बाँध्ने÷मिलाउने गर्छन् । तर दाँत किन बांगोटिंगो आयो ? यो पक्षबारे कमैलाई जानकारी होला । दाँत बांगोटिंगो आउनुका पाँच कारण यस्तो छन्ः–

१. कतिपयको दाँत वातावरणीय कारणले बांगोटिंगो आउने गर्छ । आधुनिक खानपिन र जीवनशैलीका कारण आजकालका बच्चाको बंगारा सानो हुँदै गएका छन् । यसकारण दाँत स्वतस्फूर्त बढ्न नपाउँदा बांगोटिंगो आउन सक्छ । बंगाराको आकार सानो हुँदा दाँत उछिट्टिएर बाहिर आउनाले बांगोटिंगो देखिन्छ ।

२. जेनेटिक कारणले पनि दाँत बांगोटिंगो आउने गर्छ । परिवारमा आमा, बुबा या अन्य नजिकका सदस्यको दाँत बांगोटिंगो छ या थियो भने नयाँ जेनेरेसनाम यो समस्या सर्ने खतरा रहन्छ ।

३. बच्चाको दूधे दाँत उपयुक्त समयमा ननिकाल्दा पनि नयाँ दाँत बांगोटिंगो भएर आउने गर्छ । आजकाल अधिकांशको दाँत बिग्रिनुमा यो कारण अगाडि देखिन्छ । उपयुक्त समयभन्दा ढिला दूधे दाँत निकाल्दा नयाँ आउने बांगोटिंगो भएर निस्कने गर्छ ।

४.दूधे दाँत समयभन्दा ढिला निकाल्दा मात्रै होइन, चाँडै निकालियो भने पनि समस्या उस्तै निम्तिन्छ । हल्लिएर निकाल्नुपर्ने समयभन्दा अघि नै निकालिदियो भने नयाँ दाँत बांगोटिंगो भएर आउँछ ।

५.सानो छँदा कतिपपय बच्चाले नाकबाट भन्दा बढी मुखबाट श्वास फेर्छन् । नाकको सट्टा मुखबाट श्वास फेर्ने बच्चाको दाँत बांगोटिंगो आउन सक्छ । यस्तै सानोमा बच्चाले दाँतले नङ टोकिरहने तथा जिब्रोले दाँत ठेल्ने÷हल्लाउने बढी गर्छ भने पनि बांगोटिंगो भएर आउँछ । केही कडा वस्तुले दाँतमा घोच्यो भने पनि बांगोटिंगो आउने खतरा हुन्छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv