Latest Updates :

पूर्वमा अझै तीन दिन वर्षा हुने.


SHARE THIS POST :

साउन ९ , झापा -पूर्वी जिल्लाहरुमा अझै ३ दिनसम्म मनसुन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सुवास रिमालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार झापासहित पूर्वका केही जिल्लाहरुमा मंगलबार साँझसम्म वर्षा भइरहने छ । त्यसपछि क्रमशः वर्षा कमजोर हुँदै जानेछ ।| झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङ्गमा मंगलबार दिउँसोसम्म हल्का र साँझदेखि भारी वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै भैरवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा मंगलबार मध्यान्हसम्म वर्षा सक्रिय हुने बताइएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष मनसुन अलि लामो समय सक्रिय हुने मौसमविद्हरुको भनाइ छ । कति पानी पर्‍यो ? |पूर्वी जिल्लाहरु झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङ्गसहित भैरवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा केही दिन यता भारी वर्षा भइरहेको छ ।

 |नदीनालाहरुमा पानीको सतह बढ्दा दजनौं वस्तीहरु डुबानमा छन् । सयौं परिवार विस्थापित भइसकेका छन् । केही दिनअघि देखि सक्रिय रहेको मनसुन निष्क्रिय हुन नसक्दा पूर्ण रुपमा जमिन भिजेकाले पानीको सतह धेरै देखिएको जल तथा मौसम बाढी पूर्वानुमान शाखाका जलविज्ञ निराकार थापाले जानकारी दिए । |शनिबार मापन गरिएको रेकर्ड अनुसार इलामको मैनाचुलीमा ९४.० मिलिलिटर पानी परेको थियो ।  यस्तै, कन्याम टि स्टेटमा २८.०६ मिलिलिटर पानी परेको रेकर्ड बाढी पूर्वानुमान शाखाले दिएको छ । ईलाम टि स्टेटमा २३.८ मिलिलिटर पानी पर्‍यो । ‘यो वर्षाको मात्रा थोरै हो’, जलविज्ञ थापाले भने, ‘तर, असर चाहिँ धेरै देखियो ।’ झापामा विस्थापितको सङ्ख्या बढ्यो विभिन्न नदीनालाहरुमा पानीको बहाव बढ्दा भङ्गालो मानववस्तीमा पसी विस्थापित हुनेहरुको सङ्ख्या झापामा बढिरहेको छ ।

 नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाए अनुसार शनिबार मात्र कनकाई नदीमा आएको बाढीले कुमरखोदमा १४ परिवार विस्थापित भएका छन् । योसँगै झापामा विस्थापित हुनेहरुको सङ्ख्या ९६ पुगेको छ । यसअघि शुक्रबार साँझसम्म अनलाइनखबरलाई प्राप्त रेकर्ड अुनसार झापामा ८२ घर परिवार विस्थापित भएका थिए । |शनिबार कुमारखोद गाविस-३ र ४ मा कनकाई नदीको भङ्गालो गाउँ पसेर १४ परिवार विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । |त्यहाँका विस्थापित परिवारलाई लसुनगञ्जको मदर्शामा राखिएको छ । विस्थापित परिवारका सरसामान तथा पशुचौपाया भने सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv