Latest Updates :

काबुलमा दुई शक्तिशाली बम विष्फोट हुँदा चौसठ्ठीको मृत्यु, २०७ घाइते ..


SHARE THIS POST :


साउन ९,
  काबुल (अफगानिस्तान)  –  वामियान राज्यमा विद्युत् सेवा विस्तारका लागि सरकारसँग माग गर्दै अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनमा सहभागी हुन जम्मा भएका अल्पसङ्ख्यक सिया हजारा समुदायको जमघट भएका स्थानमा दूई शक्तिशाली विष्पोट हुँदा कम्तीमा ६४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा २०७ जना घाइते भएको बताइएको छ । यसअघि विष्फोटमा परी २० जनाको मृत्यु भएको र करिब १६० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहमद स्माइल काओसीले बताउनुभएको थियो । घटनामा तालिवान समूहको संलग्नता नरहेको अफगानी तालिवान समूहले दाबी गरेको छ भने अफगानिस्तानमा खासै मजबुत संगठन नभएको मानिएको इश्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । शान्तिपूर्ण प्रदर्शनका लागि काबुलमा जम्मा भएका प्रदर्शनकारीमाथि गरिएको आततायी घटनाको एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ ।अफगानी राष्ट्रपति असरफ घानीले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै केही सुरक्षाकर्मीसहित दर्जनौँ मानिसको मृत्यु हुने गरी गराइएको विष्फोटको घटनाले आफूलाई स्तब्ध तुल्याएको बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयले एक विप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनम सहभागी हुन पाउने सबै अफगानी नागरिकको अधिकार भएको बताउँदै प्रदर्शनकारीको सुरक्षाका लागि सरकार संवेदनशील रहँदारहँदै आतङ्ककारी समूहबाट घुसपैठ भई भएको घटनाले राष्ट्रलाई नै स्तब्ध बनाएको बताइएको छ । यसैबीच शनिबार भएको घटनाले अफगानिस्तानमा केही समूहले दाबी गरे बमोजिम द्वन्द्वको अन्त्य नभएको बताउँदै यहाँको मानवअधिकार अवस्थाले विश्व समुदायलाई झस्काएको एम्नेस्टी इन्टरनेसनलले शनिबार जारी गरेको एक विज्ञप्तिमा जनाएको छ । एसियाली राष्ट्रहरु तुर्कमिनिस्तान, उज्वेकिस्तान ताजकिस्तान, अफगानिस्तान र पाकिस्तान (टुटाप) विद्युत् प्रसारण लाइन (५०० किलोभोल्ट) को निर्माणबाट विद्युत् सेवा विस्तार हुने आश गरेका वामियान क्षेत्रका नागरिकले सरकारले उक्त परियोजनालाई आर्थिक रुपमा सुलभ हुने भन्दै हिमालयन क्षेत्र सलाङ्पास हुँदै लाने गरी परिवर्तन गरेपछि प्रदर्शनका लागि राजधानी पुगेका थिए ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv