Latest Updates :

भोटे कोशीमा भिषण बाढी, बस्ती डुवानको जोखिम बढ्याे..


SHARE THIS POST :

सिन्धुपाल्चोक, २२ असार ।
 अविरल वर्षासँगै भोटेकोशीमा भिषण बाढी आएपछि सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र प्रभावित बनेका छन् ।
गएराति आएको भिषण बाढीले आधी दर्जन बढी घर बगाएको जनाइएको छ । त्यहाँका अधिकांश क्षेत्र भने डुवानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको केसीले जानकारी दिए ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

पाण्डेका अनुसार तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौरका स्थानीयवासीलाई मङ्लबार रातिदेखि माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो । वर्षा र बाढीका कारण सञ्चार सम्पर्कमा समेत कठिनाइ भएको  छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv