Latest Updates :

चीनमा बाढीमा परी ११२ भन्दा बढी बेपत्ता,करिब एक करोड ६० लाख प्रभावित..


SHARE THIS POST :

चीनको राजधानी बेइजिङ नजिकैको याङ्चे नदीमा आएको बाढीका कारण ११२ व्यक्ति हराइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।


ती हराइरहेका व्यक्तिहरुको मृत्यु भएको पनि हुनसक्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।भारी बर्षापछि याङ्चे नदीमा आएको बाढीको कारण करिब एक करोड ६० लाख व्यक्ति प्रभावित भएको बताइएको छ ।
चीनको नागरिक मामिला मन्त्रालयले सो जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार केही दिनयतादेखि जारी रहेको भारी वर्षा र त्यसका कारण आएको बाढीमा परी ११२ जना व्यक्ति मारिएका वा हराइरहेका छन् । बाढीको प्रकोप अझैपनि नघटेको र थप जनधनको क्षतिको आशङ्का गरिएको मौसम विज्ञानका अधिकारीले जनाएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv