Latest Updates :

मलेसियाको जेलको डिपोर्टेसन क्याम्पमा ४६१ नेपाली कैदी बन्दी : यसरी पुग्छन जेल I


SHARE THIS POST :

मलेसियाका विभिन्न जेल र डिपोर्टेसन क्याम्पमा ४ सय ६१ नेपाली कैदीबन्दीका रुपमा छन् । मलेसियाली सरकारले नेपाली सरकारलाई दिएको जानकारीअनुसार विभिन्न कसुरमा समातिएका २ सय ४७ जना अदालतलको तोकेको सजाय जेल भित्रै काट्दै छन् । २ सय १४ जना नेपाली भने सजायँ काटेर घर फिर्तीका लागि डिर्पोटेसन क्याम्पमा छन् ।

 तर, उनीहरु पनि जेल जसरी नै क्याम्पमा बसिरहेको श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले जानकारी दिए । मन्त्री बोहोरासहित मलेसियामा गएको सरकारी टोलीसँगको वार्तामा मलेसियाले यो तथ्यांक दिएको हो । ‘डिर्पोटेशन क्याम्पमा रहेकाहरुलाई जतिसक्दो छिटो घर फर्काउन जरुरी देखिएको छ’ मन्त्री बोहोराले भने- ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल गरेका छौं ।’

 उनले क्याम्पमा आएकालाई जतिसक्दो छिटो प्रक्रिया पुर्‍याएर फिर्ता गर्न राजदूतावास पनि लागिरहेको रहेको उनको दावी छ । फर्काउन ढिलाइ अवैधानिक बसोबास र गम्भीर अपराधदेखि चोरी मुद्दा लागेकाहरुसम्म नेपालीहरू जेल सजायँ भोगिरहेका छन् ।

 जेल सजायँ पूरा गरेकाहरूलाई डिटेन्सन क्याम्पमा सार्ने गरिन्छ । क्याम्पको बसाइ जेलको भन्दा कठिन -तलको लिंक हाल्नुस्) हुने गरेको त्यहाँबाट फर्किनेहरु बताउँछन् । डिटेन्सन क्याम्पमा रहेका नेपालीलाई घर फर्काउन दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने गरेको छ । तर, यसका लागि क्याम्पबाट फारम भर्न ढिलाइ गरिदने प्रचलनले नेपालीहरुले धेरै दुःख पाइरहेका छन् ।

घर फिर्तीको प्रक्रिया अघि बढाउन क्याम्पहरुमा नेपाली अधिकारीहरु नपुग्ने समस्याले उनीहरुको उद्धारमा थप जटिलता देखिएको छ । स्वदेश फर्किँदा टिकट भने कामदारले नै किन्नुपर्छ । विभिन्न प्रवासी नेपालीका लागि काम गर्ने संस्थाहरुले पनि कामदारलाई टिकटका लागि सहयोग गर्ने गरेका छन् ।

 तर, सबै कामदारले यो सुविधा लिन सकेका छैनन् । ‘हामीले मलेसियन सरकारसँग पनि उनीहरुलाई चाँडो फिर्ता गराउन प्रक्रिया तीव्र गरिदिन आग्रह गरेका छौं’ मन्त्री बोहोराले भने- ‘त्यसमा मलेसियाका मानव संशाधन विकास मन्त्रालय सकारात्मक छ ।’

 क्याम्पबाट घर र्फकनेलाई यात्रा अनुमतिपत्र बनाउने प्रक्रियाका लागि क्याम्पकै मलेसियाली कर्मचारी कामदारको विवरण लिएर दूतावास जानुपर्छ । तर, यो प्रक्रियामा नै ढिलाइ गरिदिँदा लामो समयदेखि क्याम्पमै अलपत्र पर्ने नेपालीको संख्या धेरै छ । कसरी पुग्छन् जेल ? मलेसियामा भाषा र कानुनको अज्ञानता, साथीभाइको लहैलहै र कुलतका कारण पनि कतिपय नेपाली जेल पर्ने गरेका छन् ।

झैझगडामा फस्दा, श्रम अनुमति नलिइकन काम गर्दा वा कार्यस्थल परविर्तन गर्दा जेल पर्ने नेपालीको संख्या ठूलो छ । ऋण काढेर विदेश पुगेका कामदारहरूले जेल पर्दा दुःख त पाएकै छन्, यता परिवारले समेत सास्ती र चिन्ता उत्तिकै छ । जेल पर्नेमध्ये अधिकांशले कानुनी उपचारको सही बाटो पहिल्याउन सक्दैनन् । यस्तै कामदारको पक्षमा कूटनीतिक पहल पर्याप्त नभएकाले पनि यो समस्या मलेसियमा बढ्दो छ ।

 मुख्यरुपमा रोजगारदाता कम्पनी परविर्तन गरी गैरकानुनी बसोवास गरी जेलमा पुग्नेहरु धेरै छन् । कतिपय गैरकानुनी हैसियतमा काम गरिरहेको अभियोगमा जेलमा छन् । जेलमै भएकामध्ये पनि कतिपय नेपालीले अर्कैको राहदानी प्रयोग गरेकाले उनीहरुको सही पहिचान गर्न अप्ठ्यारो समेत पर्ने गरेको छ । ५५ हजार स्वदेश फर्किए मलेसियाट अहिलेसम्म

५५ हजार नेपालीहरु राज दूतावासमार्फत यात्रा अनुमति पत्र बनाएर स्वदेश फर्किएका छन् ।
 अवैधानिक रुपमा कार्यरत कामदारसँग राहदानी नहुने भएकाले उद्धारका लागि यस्तो प्रक्रिया अपनाइन्छ । मलेसियाले कामदारको पासपोर्ट नियन्त्रणमा नलिने कानून लागू गरेको छ । तर, त्यसलाई कार्यान्वयन भने उसले चासो दिएको छैन ।

विदशेी कामदारसँग कम्पनीले पासपोर्ट जफत गरेर राख्ने गर्दा अवैधानिक हुनेसँग पासपोर्ट नहुने समस्या छ । ‘कामदारको पासपोर्ट कम्पनीले राख्न नहुने विषय हामीले मलेसियसँग उठाएका छौ’ मन्त्री बोहोराले भने-‘त्यस्तो गर्न पाइँदैन भन्नेमा सरकारी अधिकारी दृढ छन् ।

 उनीहरुले कम्पनीहरुको अनुगमन गरेर कामदारको पासपोर्ट कामदारसँगै रहने वातावरण बनाउन अनुगमन बढाउने आश्वासन दिएका छन् ।’

 मलेसियामा अहिले अवैधानिक कामदारको धरपकड तीव्ररुपमा भइरहेकाले त्यस्ता नेपाली कामदारको सुरक्षा र उद्धारमा सरकारले पहल लिनुपर्ने अवस्था छ । मलेसियामा अहिले ५ लाख नेपाली कार्यरत रहेको सरकारको तथ्यांकमा उल्लेख छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv