Latest Updates :

यौन सम्पर्क गर्न नदिएपछि पत्नीको हत्या..


SHARE THIS POST :


यौन सम्पर्क गर्न नदिएको भन्दै झापाको सुरुङ्गाका एक व्यक्ति ले पत्नीको हत्या गरेका छन। कनकाई नगरपालिका वार्ड नम्वर ७ चप्रामारी निवासी २७ वर्षीय उमानाथ गहतराज (विश्वकर्मा)ले बुधबार राती २३ वर्षीया मञ्जु गहतराजको हत्या गरेको खुलासा भएको हो।

घटना विवरण अनुसार बुधवार राती उमानाथले साढे ११ बजे मञ्जुसँग यौन सम्पर्क गर्न लाग्दा उनले मनानेपछि छातीमा मुक्का प्रहार गरी उनको हत्या गरेको गहतराजले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

गहतराजको मुक्का प्रहारबाट मञ्जुको घटना स्थलमै मृत्यु भएको र पत्नीको कालगतीले नै मृत्यु भन्दै सतगतकालागि सुरु ङगास्थित माईखोला लगे पनि मञ्जुको माइती पक्षले हत्या गरेको आशंका गर्दै इलाका प्रहरी कार्यालय विर्तामोड उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

हत्याको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षकको नवीन घिमिरेको कमाण्डमा गएको टोलीले दाह संस्कार गर्न रोकेर शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेको र उमानाथलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरी समक्ष उनले पत्नीलाई मुक्का प्रहार गरेको बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिए।

पत्नीको हत्यामा संलग्न उमानाथकी जेठी पत्नी एक नावालक छोरा छाडेर अर्कैसँग पोइल गएपछि उनले मञ्जु गहतराजसँग विवाह गरेका थिए। मृतक मञ्जुका पाँच वर्षीय छोरा र तीन वर्षीया छोरी छन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv