टर्कीको इस्तानबुल विमानस्थलमा आतंककारी सँगठन आईएसआईले गराएको विस्फोटमा बालबाल जोगिएका थिए, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टिआईए सुरक्षा गार्ड प्रमुख डिआईजी गोविन्द निरौला । विस्फोट हुनु पाँच मिनेट अघि मात्र डिआईजी निरौला सवार जहाज इस्तानबुलबाट उडेको थियो ।
पाकिस्तान, माल्दिभ्स र भारतका युवा भर्ती भएर आईएसका लडाकु बनेका तथ्य सार्वजनिक भइरहेका छन् । केही दिनअघि दक्षिण एशियाली मुलुक ढाकामा २० जनाको ज्यान जाने गरि गराएको बम विस्फोटले आतंककारीहरु नजिकै आईपुगेको संकेत गर्छ । के नेपाल र यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित छ त ?
Post a Comment