प्रधानमन्त्री ओलीले लिने जुनसुकै कदमको समर्थन गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौँ, २९ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने कदमको समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रम ओलीसमक्ष पदबाट राजीनामा दिने, विश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको भन्दै पार्टीले तीन विकल्पमध्ये जुनसुकै विकल्प प्रम ओलीले लिए पनि पार्टीले साथ दिने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
Post a Comment